नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4387 · वि.सं. २०४८

नि.नं. 4387 — उत्प्रेषण

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) फौज्दारी अभियोगमा स्वतः निलम्बनको पूर्व शर्त गिरफ्तारी र थुना हो, फौज्दारी अभियोगमा कारवाहीमा परेका कर्मचारीलाई जमानीमा छाड्न इन्कार हुने अवधिका सीमा निश्चित गर्न नसकिने । (प्रकरण नं. १६) (२) निलम्बन फुकुवाको अर्थ निलम्बित कर्मचारीलाई निलम्बन पूर्वको अवस्था ल्याउनु हुन्छ । (प्रकरण नं. १६) (३) स्वतः निलम्बनको विषयलाई खराब आचरणको जाँचबुझको सिलसिलामा निलम्बन भएको कर्मचारीको सम्बन्धमा निलम्बनको अवधिको सीमासंग गाँस्न नमिल्ने । (प्रकरण नं. १६) (४) प्रहरी हिरासतमा वा अदालती कारवाहीको सिलसिलामा थुनामा रहेको कर्मचारीको निलम्बनको अवधि ६ महीना भन्दा बढी हुन सक्तैन भन्ने निवेदक तर्फका विद्वान अधिवक्ताको बहससंग सहमत हुन नमिल्ने । (प्रकरण नं. १७) (५) सफाई पाएको कर्मचारीको हकमा गिरफ्तारी र जमानीमा छाड्न इन्कार गरिएको भन्ने पूर्व शर्तको समाप्ति भएको मान्नु पर्ने । (प्रकरण नं. १७) (६) स्वतः निलम्बनको अवस्थाको समाप्त नै निलम्बन फुकुवाको आधार हुन्छ जिल्ला अदालतले निवेदकलाई फौज्दारी अभियोगबाट सफाई दिई गरिएको फैसला उपर पुनरावेदन परेकोले निलम्बन जारी रहनु पर्दछ भन्ने विपक्षीतर्फका विद्वान अधिवक्ताको बहससंग सहमत हुन नसक्ने । (प्रकरण नं. १७) (७) थुना हिरासतमा नरहेकोमा पनि फौज्दारी मुद्दा जारी रहेको कारणबाट निलम्बन जारी रहने भन्ने शाही नेपाल वायु सेवा निगम कर्मचारीहरुको सेवा नियमावली, २०३१ को नियम ११, ३, ४(ङ) मा व्यवस्था रहेको पाइँदैन । निवेदकको हकमा प्रहरी हिरासत र थुना निलम्बनको पूर्व शर्तको अभावमा निलम्बन जारी रहन्छ भन्न कानुनसंगत भएन । (प्रकरण नं. १७)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.4387
मुद्दाको विषयउत्प्रेषण
निर्णय वर्ष / मिति2048/10/29
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा | माननीय न्यायाधीश श्री केशवप्रसाद उपाध्याय
उद्धरण सन्दर्भने.का.प. २०४८, नि.नं. 4387
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्