नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4381 · वि.सं. २०४८

नि.नं. 4381 — जग्गा खिचोला चलन दर्ता समेत

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) जिल्ला अदालतबाट भएको फैसलाले अंश हक कायम भइसकेको देखिन आएकोले यस मुद्दाबाट पनि अंश हक कायम गराई रहन नपर्ने । (प्रकरण नं. १६) (२) अंश मुद्दाबाट विवादित जग्गामा वादीको पनि अंश हक कायम भएको देखिए तापनि वादी दावी बमोजिमको किल्ला साँध कायम गरी जग्गामा वादी प्रतिवादीको हक छुट्टिएको भन्ने नदेखिएकोले खिचोला मेटाई चलन दर्ता गरी पाउँ भन्ने वादी दावी पुग्न सक्ने नदेखिने । (प्रकरण नं. १६) (३) एक पटक आफैंले अंश मुद्दा दिई अंश पाउने ठहर भइसकेपछि फैसला बमोजिम दण्ड सजायँको ४६ नं. अनुसार अंश छुट्याउने कारवाही टुंग्याउन पर्ने कर्तव्य भएको वादीले सो कर्तव्य पूरा नगरी अर्को मुद्दा दिई सोही उद्देश्य हासिल गर्न खोजेको देखिन गएको छ, जुन कुरा प्रत्यक्षरुपले गर्न हुँदैन सो कुरा परोक्षरुपले पनि गर्न नहुने कानुनी सिद्धान्त अनुसार पनि वादीको दावी पुग्न सक्ने अवस्था देखिँदैन । (प्रकरण नं. १६) (४) ऐन नै निष्कृय हुने परिणामको व्याख्या गर्न नहुने । (प्रकरण नं. १६)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.4381
मुद्दाको विषयजग्गा खिचोला चलन दर्ता समेत
निर्णय वर्ष / मिति2048/06/08
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री लक्ष्मणप्रसाद अर्याल | माननीय न्यायाधीश श्री कृष्णजंग रायमाझी | माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणाको राय । | माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणाको रायसंग सहमत नहुँदा सर्वोच्च अदालत नियमावली | माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोलाको राय भई पेश हुन आएको रहेछ । | माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणाको र वादी दावी नै खारेज गर्ने गरेको सिरहा जिल्ला अदालतको मिति २०४२।४।८ गतेको खारेजी फैसलालाई सगरमाथा अञ्चल अदालत राजविराज बेञ्चबाट बदर गरी इन्साफ गर्न पठाउने गरी भएको फैसला अन्तिम भइसकेको हुँदा त्यस्तो बदर भइसकेको सिराहा जिल्ला अदालतको मिति ०४२।४।८ गतेको फैसलालाई सदर गर्ने राय व्यक्त गरेको माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोलाको समेत दुवै जनाको राय मिलेको देखिएन । खिचोला मेटाई अंश हक कायम गरी दर्ता गरी चलन चलाई पाउँ भन्ने वादी दावी पुग्न सक्दैन । मिसिल नियमानुसार गरी बुझाई दिनु ।
उद्धरण सन्दर्भने.का.प. २०४८, नि.नं. 4381
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्