नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4374 · वि.सं. २०४८
नि.नं. 4374 — उत्प्रेषण
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) भविष्यमा सरकारी नोकरीको निमित्त सामान्यतः अयोग्य ठहरिने गरी दिएको विभागीय सजायँको आदेश उपर पुनरावेदन सुन्ने क्षेत्राधिकार प्रशासकीय अदालतमा स्थापित भइसकेपछि प्रशासकीय अदालत नियमावली, २०४४ बमोजिम उपरोक्त विषयमा विभिन्न कार्यालय वा अधिकारी समक्ष किनारा हुन बाँकी पुनरावेदनहरु प्रशासकीय अदालतमा पठाउनु पर्ने । (प्रकरण नं. ८) (२) आफ्नो अधिकार क्षेत्र नै नभएको अवस्थामा सो पुनरावेदनको किनारा गरेकोमा क्षेत्राधिकारको त्रुटि देखिँदा निवेदकको सम्बन्धमा विपक्षी कार्यालयले गरेको पुनरावेदन निर्णय उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्रकरण नं. ८)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 4374 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण |
| निर्णय वर्ष / मिति | 2048/09/01 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान | माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४८, नि.नं. 4374 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
