सर्वोच्च अदालत नजिर अभिलेख (ने.का.प.)

सर्वोच्च अदालतका ने.का.प. नजिर तथा सिद्धान्त सार सूची

निर्णय नं., मुद्दाको विषय वा शब्द राखी नेपाल कानून पत्रिका (NKP) का सार्वजनिक नजिर सार र इजलास विवरण हेर्नुहोस्।

कुल १०,५५३ नजिर अभिलेखमध्ये पृष्ठ २४४ / ४४०

नि.नं. 4705वि.सं. २०५०एक न्यायाधीशको इजलास

उत्प्रेषणयुक्त परमादेश

(१) आफ्नो अधिकारको विषयमा समयमा नै सचेत नहुनेलाई अदालतले मद्दत गर्न नसक्ने । (प्र. नं. ४) (२) २७ वर्षसम्म चुप लागी बसी अनुचित बिलम्ब गरी प्रस्तुत निवेदन पर्न आएकोले बिलम्बको सिद्धान्तको आधारमा खारेज हुने । (प्र.नं. ४)

नजिर सार पढ्नुहोस् →
नि.नं. 4704वि.सं. २०५०एक न्यायाधीशको इजलास

उत्प्रेषण

(१) अवकाश पाइरहेको अवस्थामा कर्मचारीलाई पुनः बहाली गर्ने भन्ने विषय सम्बन्धी मिति २०४७।४।२५ को गोरखा पत्रमा प्रकाशित सूचनाको कुरालाई मात्र लिएर यो रिट निवेदन पर्न आएको देखिन्छ । यो सूचना अनुसार निवेदकका हकमा छानबीन गर्नु पर्ने हो, होइन भन्ने कुरा श्री ५ को सरक…

नजिर सार पढ्नुहोस् →
नि.नं. 4703वि.सं. २०५०संयुक्त इजलास

उत्प्रेषण

(१) कुनै पनि निजामती कर्मचारीलाई सेवाबाट हटाउनु भनेको ठूलो संजाय हो । त्यसरी संजाय गर्दा मनोमानी तवरबाट गर्न नसकियोस भन्ने निजामती कर्मचारीको सेवाको सुरक्षा निजामती सेवा ऐन र नियमले गरेको पाइन्छ । ऐन नियमले निजामती कर्मचारीलाई प्रदान गरेको सुरक्षा ऐन, नियमकै अ…

नजिर सार पढ्नुहोस् →
नि.नं. 4702वि.सं. २०५०संयुक्त इजलास

जग्गा हक कायम गर्दा बदर समेत ।

जग्गा हक कायम गर्दा बदर समेत

(१) बादीले जग्गा छुट्याई लिंदा जति जग्गा आफूले लिएको हो त्यति जग्गा मात्र पछिसम्म कायम हुन्छ । नापीमा नरबढी भएको जग्गा लिनेको हुन्छ भन्न नमिल्ने । (प्र.नं. ८)

नजिर सार पढ्नुहोस् →
नि.नं. 4701वि.सं. २०५०संयुक्त इजलास

बहाल भराई घर खाली गराई पाउँ

(१) भोग चलनले मात्र हक स्वामित्वमा प्रमाणित हुन सक्दैन । (प्र.नं. २१) (२) प्रतिवादीको नाममा बिजुली जडान भएको हुंदैमा घरको हक स्वमित्व प्रमाणित हुन्छ भन्न मिल्ने नदेखिने । (प्र.नं. २१) (३) घर जग्गा कर ऐन अनुसार करको प्रयोजनका लागि घर धनीले दाखिल गर्नु पर्ने विव…

नजिर सार पढ्नुहोस् →
नि.नं. 4700वि.सं. २०५०संयुक्त इजलास

उत्प्रेषण मिश्रित प्रतिषेध

(१) स्थानीय प्रशासन ऐन, २०२८ को दफा ५ (५) क. बमोजिम शान्ति सुरक्षाको लागि परेको निवेदनमा प्र.जि.अ.ले कारवाही गर्न पाउने कानूनी व्यवस्था भएको र सो बमोजिम भए गरेको कारवाहीलाई अन्यथा भन्न मिल्ने अवस्था नहुने । (प्र.नं. ९) (२) सम्पत्ति सम्बन्धी कागज गराउन पाउने अध…

नजिर सार पढ्नुहोस् →
नि.नं. 4699वि.सं. २०५०संयुक्त इजलास

लागू औषध

(१) प्रतिवादी म घरमा नै बसी र मेरा बाबु काठमाडौंको ठाउंमा गई हेरोइन बिक्री गर्ने गरेको भनी प्रहरी समक्ष साविती देखिन्छन । तर बरामद भएको हेरोइनसंग बिक्री बितरण गर्ने ढक तराजु लगायतका अन्य सामानहरू समेत पनि बरामद भएको भन्ने देखिएन । बिक्री बितरण गर्न लाग्दा तत्क…

नजिर सार पढ्नुहोस् →
नि.नं. 4698वि.सं. २०५०संयुक्त इजलास

लागू औषध

(१) लागू औषध नियन्त्रण ऐन, २०३३ को दफा ८ को (२) मा “कुनै घर जग्गा सवारी वा अन्य कुनै ठाउंमा प्रवेश गर्दा वा खानतलासी गर्दा समयले भ्याएसम्म सम्बन्धित नगर पञ्चालत वा गाउं पञ्चायत वा वडा समितिका एक जान सदस्य वा त्यस ठाउंको एकजना भलादमी वा कुनै अर्को सरकारी कार्या…

नजिर सार पढ्नुहोस् →
नि.नं. 4697वि.सं. २०५०संयुक्त इजलास

बन्दी प्रत्यक्षीकरण

(१) पुनरावलोकन गर्दा मिनि २०४८।८।२९ गतेको जे जस्तो व्यवस्था थियो त्यस बखतको अवस्था विचार गरी निर्णयमा पुग्ने कुरा आउंछ । करिव ९ महिना पछि पूर्ण इजलासबाट प्रतिपादित भएको सिद्धान्तले पहिले भएको निर्णय ठहरलाई पश्चातदर्शी असर (Retrospective) दिन सक्ने अवस्था नआउने…

नजिर सार पढ्नुहोस् →
नि.नं. 4696वि.सं. २०५०संयुक्त इजलास

उत्प्रेषण

(१) मोहियानी हकको नाताबाट निवेदकलाई तत्सम्बन्धी जग्गा जोत्ने, भोग्ने अधिकार प्रचलित नेपाल कानूनले प्रदान गरेको पाइन्छ । कुनै व्यक्तिको सम्पत्ति भन्नाले केवल निजको स्वामित्व भएको भौतिक पदार्थ मात्र होइन, त्यस्तो कुनै पदार्थ भोग गर्ने वा नियन्त्रण गर्ने वा त्यसब…

नजिर सार पढ्नुहोस् →
नि.नं. 4695वि.सं. २०५०संयुक्त इजलास

उत्प्रेषण

(१) नेपाल अधिराज्यको संविधान, २०४७ को धारा १२(२)(क) ले “सवै नागरिकहरूलाई विचार एवं अभिव्यक्तिको स्वतन्त्रता हुनेछ” भनेको र धारा १६ले “प्रत्येक नागरिकलाई सार्वजनिक कुनै पनि विषयको सूचना माग्ने र पाउने हक हुनेछ” भनेको पाइन्छ । नेपाल अधिराज्यको संविधान २०४७ को धा…

नजिर सार पढ्नुहोस् →
नि.नं. 4694वि.सं. २०५०संयुक्त इजलास

उत्प्रेषण

(१) फैसला नै कार्यान्वयन भइसकेपछि अ.वं.१७ नं. बमोजिमको निवेदनमा आदेश गर्न नमिल्ने । (प्र.नं.१२)

नजिर सार पढ्नुहोस् →
नि.नं. 4693वि.सं. २०५०संयुक्त इजलास

धर्मपुत्र लिखत बदर

(१) धर्मपुत्र राख्दा आफू जन्मेका एकै भुंडीका सन्तानले पहिलो प्राथमिकता पाउने (प्र.नं.१५) (२) धर्मपुत्रको १ नं. मा उल्लेखित एकै भुडीका सन्तान भन्ने वाक्यांशको व्याख्या गर्दा आफ्नै भतिजाहरू हुंदा हुंदै पनाती अर्थात दुई पुस्ता मुनिकालाई राख्न पाउने भन्ने अर्थ गर्…

नजिर सार पढ्नुहोस् →
नि.नं. 4692वि.सं. २०५०पूर्ण इजलास

उत्प्रेषण

(१) धर्मपूत्रको नाममा मोही नामसारी गरी प्रमाणपत्र दिन नमिल्ने भनि भू.सु.का. सप्तरीबाट भएको निर्णय कान्छा प्रजापति विरुद्ध भू.सु.का भक्तपुर समेत भएको उत्प्रेषणको रिट निवेदनमा मिति २०४८।९।१६ मा वृहत पूर्ण इजलासबाट भएको निर्णयबाट प्रतिपादित नजीर सिद्धान्त समेतका…

नजिर सार पढ्नुहोस् →
नि.नं. 4691वि.सं. २०५०

उत्प्रेषण

(१) निवेदकलाई ५ ग्रेड रोक्का गर्ने निर्णय आदेश गर्दा निवेदकलाई लागेको आरोपको उल्लेख गरी कुनै स्पष्टीकरण वा कुनै सोधनी सम्म पनि भएको पाइदैन र सोधनी गर्नु नपर्ने कारणको पनि उल्लेख भएको देखिंदैन । कुनै कर्मचारीलाई सजाय गर्नु पर्दा निजलाई लागेको आरोपको सम्बन्धमा आ…

नजिर सार पढ्नुहोस् →
नि.नं. 4690वि.सं. २०५०संयुक्त इजलास

उत्प्रेषणयुक्त परमादेश

(१) कुनै पनि संवैधानिक वा कानूनी निकाय अथवा अधिकारी संविधान वा कानूनद्वारा तोकिएको आफ्नो कर्तव्य पुरा गर्न वाध्य छ त्यस्तो निकाय वा अधिकारीले आफ्नो कर्तव्य पालन नगरेको कारणले कुनै व्यक्तिको हक वा सार्वजनिक हकको प्रचलनमा वाधा अवरोध खडा हुन्छ भने यस अदालतबाट त्य…

नजिर सार पढ्नुहोस् →
नि.नं. 4689वि.सं. २०५०संयुक्त इजलास

उत्प्रेषणयुक्त परमादेश

(१) लिखत के कति कस्तो जग्गाको गरीदिएको हो भन्ने विवाद परिरहेको अवस्था नापीले एउटै कित्ता कायम गरेको आधरलेसम्म मुद्दाको विवाद वस्तुमा फेरबदल हुन्छ भन्ने मनासिब नपर्ने । (प्र.नं. ११)

नजिर सार पढ्नुहोस् →
नि.नं. 4688वि.सं. २०५०संयुक्त इजलास

लागू औषध बिक्री वितरण

(१) प्रतिवादीले बिक्री वितरण गरेको वा कारोवार गरेको कुनै आधार प्रमाण बेगर निजले लागू पदार्थ बिक्री वितरण गरेको भनी भत्र मिल्ने अवस्था नदेखिने । (प्र.नं. १४) (२) प्रतिवादीले जानाजान ठूलो परिमाणमा लागू औषधको कारोवार गरेको भनी वादी पक्षबाट प्रमाणित पनि हुन नसकि १…

नजिर सार पढ्नुहोस् →
नि.नं. 4687वि.सं. २०५०संयुक्त इजलास

उत्प्रेषण

(१) जब कसैका नाउंमा दर्ता रहेको जग्गाका सम्बन्धमा विवाद उठाइन्छ भने त्यस्तो दर्तावालालाई पनि बिपक्षी बनाउनु पर्ने हुन्छ । प्रस्तुत रिट निवेदनमा श्री ५ को सरकारलाई विपक्षी बनाएको देखिन्न । तसर्थ यसरी बिपक्षी नबनाइएको श्री ५ को सरकारको नाउंमा भएको दर्ता विषयमा य…

नजिर सार पढ्नुहोस् →
नि.नं. 4686वि.सं. २०५०संयुक्त इजलास

कर्तव्य ज्यान

(१) सामूहिक क्रियाको परिणामबाट कर्तव्य हुन्छ भने कसैले घटी वा कसैले बढी बल प्रयोग गरेको भत्रे आधारमा प्रतिवादीको भूमिका न्यून रहेको भनि सजायको मात्रामा घटी बढी हुन सक्ने होइन । वारदात सम्बन्धी सम्पूर्ण तथ्यबाट अधिकार प्राप्त अधिकारी समक्ष गरेको साविती बयान समर…

नजिर सार पढ्नुहोस् →
नि.नं. 4685वि.सं. २०५०संयुक्त इजलास

परमादेश

(१) सम्झौता बमोजिमको निवेदकले दावी गरेको भुक्तानी के कस्तो हो त्यसलाई करारको शर्तले समेट्छ समेट्दैन त्यस्तो तथ्यगत लेखाजोखा गर्नु पर्ने अवस्था पर्दछ सम्झौताबाट श्रृजित हक र दायित्वको कुरामा रिट क्षेत्र आकर्षित हुन सक्ने स्थिति हुंदैन । सम्झौताबाट असर पर्ने पक्…

नजिर सार पढ्नुहोस् →
नि.नं. 4684वि.सं. २०५०संयुक्त इजलास

अदालतको अबहेलना

(१) इजलास भित्रै न्यायाधीश वा अदालतका अधिकृत प्रति अपमानजनक शब्द भन्नु वा अपमानजनक व्यवहार गर्नु अथवा न्याय सम्पादन प्रक्रियालाई बाधा अवरोध गर्नु वा बाधा अवरोध उत्पन्न गर्ने अभिप्रायको भय, त्रास वा कुनै अनुचित प्रभाव पार्ने क्रियाकलाप गर्नु इजलासकै अबहेलना मान…

नजिर सार पढ्नुहोस् →
नि.नं. 4683वि.सं. २०५०संयुक्त इजलास

अदालतको अबहेलना

(१) अदालतको आदेशको अवज्ञा गरी अदालतको अबहेलना गर्‍यो भन्ने मुद्दामा अदालतको आदेशले यो यति कार्य गर्नु भनी प्रष्ट रुपमा किटान गरिएको र त्यस्तो कार्य नगरी आदेशको अपालन गरेको हुनु पर्ने । (प्र.नं.१०) (२) अदालतको अवहेलनाको पनि प्रमुख उद्देश्य अदालतको सम्मान को रक्…

नजिर सार पढ्नुहोस् →
नि.नं. 4682वि.सं. २०५०संयुक्त इजलास

उत्प्रेषण मिश्रित परमादेश

(१) बैंकले आफ्नो कर्जा सर्वप्रथम धितोमा रहेका सम्पत्तिबाट चुक्ता गर्नु पर्छ । त्यसले नपुगेमात्र निजको अरु जायजेथाबाट असुल गर्न कानून बमोजिम कारवाही चलाउन पाउने व्यवस्था रहे भएको देखिने । (प्र.नं.१३) (२) सर्वप्रथम धित्तो राखेको सुरक्षण सम्पत्ति लिलाम गरी सोबाट…

नजिर सार पढ्नुहोस् →