नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4683 · वि.सं. २०५०

नि.नं. 4683 — अदालतको अबहेलना

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) अदालतको आदेशको अवज्ञा गरी अदालतको अबहेलना गर्‍यो भन्ने मुद्दामा अदालतको आदेशले यो यति कार्य गर्नु भनी प्रष्ट रुपमा किटान गरिएको र त्यस्तो कार्य नगरी आदेशको अपालन गरेको हुनु पर्ने । (प्र.नं.१०) (२) अदालतको अवहेलनाको पनि प्रमुख उद्देश्य अदालतको सम्मान को रक्षा गर्नु हो । (प्र.नं.११) (३) अवहेलनाको कारवाहीबाट कुनै निर्णय, कारवाही वदर वा संशोधन वा हेरफेर गर्न मिल्ने देखिंदैन । (प्र.नं. ११) (४) अदालतको आदेश वा फैसलाको अवज्ञा गरी सो आदेश वा फैसला कार्यान्वयन नगरेको अवस्थामा त्यस्तो आदेश वा फैसलाको कार्यान्वयन गर्नसम्म अवहेलनाको कारवाहीबाट मिल्ने । (प्र.नं.११)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.4683
मुद्दाको विषयअदालतको अबहेलना
निर्णय वर्ष / मिति2049/12/11
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री मोहन प्रसाद शर्मा | माननीय न्यायाधीश श्री लक्ष्मण प्रसाद अर्याल
उद्धरण सन्दर्भने.का.प. २०५०, नि.नं. 4683
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्