नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4697 · वि.सं. २०५०
नि.नं. 4697 — बन्दी प्रत्यक्षीकरण
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) पुनरावलोकन गर्दा मिनि २०४८।८।२९ गतेको जे जस्तो व्यवस्था थियो त्यस बखतको अवस्था विचार गरी निर्णयमा पुग्ने कुरा आउंछ । करिव ९ महिना पछि पूर्ण इजलासबाट प्रतिपादित भएको सिद्धान्तले पहिले भएको निर्णय ठहरलाई पश्चातदर्शी असर (Retrospective) दिन सक्ने अवस्था नआउने (प्र.नं. १) (२) विधायिकाले कानून निर्माण गर्दा स्पष्ट पश्चातदर्शीको अवस्था भएको अवस्थामा बाहेक अन्य अवस्थामा पश्चातदर्शी असर हुने गरी कानून निर्माण गर्न सक्दैन भने कानूनको व्याख्याता न्यायपालिकाद्वारा निर्मित निर्णयले पनि सोही अनुरुप पश्चातदर्शी असर गर्न सक्छ भन्न सकिने अवस्था नहुने । (प्र.नं. १) (३) न्यायालयले विधि बनाउने होइन, संशोधन गर्ने होइन, र खारेज गर्ने पनि होइन । विधिलाई निष्कृय गर्ने काम पनि अदालतको होइन, आदलतको काम विधिलाई प्रयोग गर्ने मात्र हो । (प्र.न. १) (४) यो प्रयोग गर्ने प्रक्रियाका सिद्धान्तहरू २, ३ वटा छन् तिन मध्ये प्रथम प्रक्रिया हो । शाब्दिक व्याख्या । यसलाई व्याकरणिक व्याख्या पनि भनिन्छ । शाब्दिक व्याख्याको अभिप्राय हो विधिको रुपमा लिपिवद्ध गरिएका विधिका शब्द (Litralogis) हरूको सजिलो र स्वाभाविक अर्थ गर्नु अर्थात विधिमा प्रयोग गरिएका शब्दहरूको व्याकरण अनुसार अर्थ गर्नु, यसलाई गणितको हिसाबले अर्थ गर्नु भने पनि हुन्छ । (प्र.नं. १) (५) विधिमा कमि भएको भन्ने सम्झेका कुरा (Cabus Omssus) को पूर्ति गर्नु अथवा त्यसलाई सुधार गर्नु न्यायालयको काम होइन । (प्र.नं. २) (६) विधिको व्याख्याका अरु धेरै नियमहरू पनि छन् तर ती नियमहरू यो ब्याख्याको स्वर्णिम नियम प्रयोग गर्दा अर्थाश्रीत त्रुटी हुन आउंछ । अथवा विधिको मूलपाठमा कुनै लिपिको भूल भएको देखिन्छ भने मात्र प्रयोग गर्ने हो तर यसमा त्यस्तो अवस्था छैन । त्यसकारण यस स्वर्णिम नियम प्रयोग नगरी अरु तिर लाग्नु व्याख्या नीतिको विपरीत हुन जान्छ । यो अनुचित मात्र होइन व्याख्या नीति र नियमको विपरीत नै हुन जान्छ । यस सिद्धान्तलाई हिन्दू अन्वेषणात्मक पद्धतिले पनि मान्दछ । यो सिद्धान्तलाई चेक विस्मिथ (१८३६) २ एम एण्ड डब्लु १९१ र ग्रे.वि. पियरसन (१८५७) एच १ कास ६१ मा प्रयोग गरिएको छ । त्यसमा पनि दण्ड गर्ने किसिमको विधिको व्याख्या (अर्थान्वयन) जस्ताको तस्तै गर्न पर्दछ । (सेयद र टिम वि. ईम्परक ए. आइ. आर. १९१५ नाग २ र लण्डन एण्ड नर्थ ईस्टर्न रेल कं. वि. वेरिमेन (१९६४) १ अल इंग्लेण्ड रिपोर्ट २५५) (प्र.नं. २)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 4697 |
|---|---|
| मुद्दाको विषय | बन्दी प्रत्यक्षीकरण |
| निर्णय वर्ष / मिति | 2050/02/22 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी वास्तोला | माननीय न्यायाधीश श्री मोहन प्रसाद शर्मा |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५०, नि.नं. 4697 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
