नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4682 · वि.सं. २०५०
नि.नं. 4682 — उत्प्रेषण मिश्रित परमादेश
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) बैंकले आफ्नो कर्जा सर्वप्रथम धितोमा रहेका सम्पत्तिबाट चुक्ता गर्नु पर्छ । त्यसले नपुगेमात्र निजको अरु जायजेथाबाट असुल गर्न कानून बमोजिम कारवाही चलाउन पाउने व्यवस्था रहे भएको देखिने । (प्र.नं.१३) (२) सर्वप्रथम धित्तो राखेको सुरक्षण सम्पत्ति लिलाम गरी सोबाट नपुग भएमा मात्र अरु जायजेथा पक्रन पाउनेमा ऋणीले धितो बन्धकमा नै नदिएको र निज ऋणीको नाममा नै नभएको जग्गा लिलाम गर्न रा.वा. बैंक ले गो.प.मा सूचना प्रकाशित गरेको तथा तत्सम्बन्धी अन्य सम्पूर्ण काम कारबाही त्रुटीपूर्ण देखिएकोले उत्प्रेषणाको आदेशद्वारा बदर हुने । (प्र.नं.१३)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 4682 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण मिश्रित परमादेश |
| निर्णय वर्ष / मिति | 2049/07/17 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री ओमभक्त श्रेष्ठ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५०, नि.नं. 4682 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
