नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4693 · वि.सं. २०५०
नि.नं. 4693 — धर्मपुत्र लिखत बदर
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) धर्मपुत्र राख्दा आफू जन्मेका एकै भुंडीका सन्तानले पहिलो प्राथमिकता पाउने (प्र.नं.१५) (२) धर्मपुत्रको १ नं. मा उल्लेखित एकै भुडीका सन्तान भन्ने वाक्यांशको व्याख्या गर्दा आफ्नै भतिजाहरू हुंदा हुंदै पनाती अर्थात दुई पुस्ता मुनिकालाई राख्न पाउने भन्ने अर्थ गर्न मिल्ने नदेखिने (प्र. नं. १५) (३) एक भुंडीका सन्तान वादीहरू भतिजा छंदा छंदै निजहरूको मन्जुरी वेगर पनातीलाई धर्मपुत्र राखेको मिलेको नदेखिनाले सो धर्मपुत्रको लिखत बदर हुने । (प्र.नं. १५)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 4693 |
|---|---|
| मुद्दाको विषय | धर्मपुत्र लिखत बदर |
| निर्णय वर्ष / मिति | 2050/02/10 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री सुरेन्द्र प्रसाद सिंह | माननीय न्यायाधीश श्री केशव प्रसाद उपाध्याय |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५०, नि.नं. 4693 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
