नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4701 · वि.सं. २०५०

नि.नं. 4701 — बहाल भराई घर खाली गराई पाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) भोग चलनले मात्र हक स्वामित्वमा प्रमाणित हुन सक्दैन । (प्र.नं. २१) (२) प्रतिवादीको नाममा बिजुली जडान भएको हुंदैमा घरको हक स्वमित्व प्रमाणित हुन्छ भन्न मिल्ने नदेखिने । (प्र.नं. २१) (३) घर जग्गा कर ऐन अनुसार करको प्रयोजनका लागि घर धनीले दाखिल गर्नु पर्ने विवरण दिएको रहेनछ भने पनि त्यसैबाट घर धनीको हक स्वमित्व कायम हुन नसक्ने अवस्था नहुने । (प्र.नं. २१) (४) हक स्वामित्वको लागि विवादको सम्पत्तिसंग सम्बन्धित प्रत्यक्ष प्रमाण हुन आवश्यक छ र त्यस्तो प्रमाणको अभावमा भोग लगायतका अरु आधार केवल गौण तथा झिनो प्रमाण हुने । (प्र.नं. २१) (५) दबावमा परी सहीछाप गर्नु र एउटा ब्यहोरा भनी अर्को व्यहोराको कागजमा सहीछापगराउनु अलग अलग अवस्था हुन् । (प्र.नं. २१)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.4701
मुद्दाको विषयबहाल भराई घर खाली गराई पाउँ
निर्णय वर्ष / मिति2050/02/16
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री रुद्र बहादुर सिंह | माननीय न्यायाधीश श्री अरविन्दनाथ आचार्य
उद्धरण सन्दर्भने.का.प. २०५०, नि.नं. 4701
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्