नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4684 · वि.सं. २०५०

नि.नं. 4684 — अदालतको अबहेलना

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) इजलास भित्रै न्यायाधीश वा अदालतका अधिकृत प्रति अपमानजनक शब्द भन्नु वा अपमानजनक व्यवहार गर्नु अथवा न्याय सम्पादन प्रक्रियालाई बाधा अवरोध गर्नु वा बाधा अवरोध उत्पन्न गर्ने अभिप्रायको भय, त्रास वा कुनै अनुचित प्रभाव पार्ने क्रियाकलाप गर्नु इजलासकै अबहेलना मानिने । (प्र.नं.१८) (२) अदालतमा पर्ने मुद्दा सम्बन्धी विभिन्न विषयको ज्ञानको साथै ती विषय सम्बन्धी कानूनहरूको अध्यावधिक ज्ञान न्याय सम्पादनको लागि आनिवार्य हुन्छ । कानूनमा उच्च शिक्षा प्राप्त गरी निरन्तर अध्ययनशील रहने विद्वान कानून व्यवसायीहरूले न्याय प्रशासन प्रकृयामा माहुरीले आफ्नो चाकामा मह खोजी गरेर ल्याए जस्तो विवादको विषयवस्तु सम्बन्धमा कानूनको अध्यावधिक ज्ञानको परिपूर्ति गरी न्याय प्रदान गर्न सहयोग पुर्‍याउंछन् भत्रुमा कुनै अत्युक्ति हुंदैन । यद्यपि कानून व्यवसायीहरूले आफ्नो कर्तव्य स्वच्छन्द, निर्भिक र निर्वाध रूपले पुरा गर्न नपाउने हो र त्यस्तोमा समेत अदालत चुप लागी बस्ने हो भने विद्वान कानून व्यवसायीहरूसंग त्यस किसिमको सहयोगको अपेक्षा सम्म पनि गर्न सकिंदैन । तसर्थ अदालतबाट हुने न्याय सम्पादन प्रकृयामा सहयोग पुर्‍याउन आउने कानून व्यवसायीहरूलाई हातपात, हुलहुज्जत वा कुनै किसिमले भय, त्रास वा दबाबमा पार्ने वातावरण सृजना गरी निजहरूलाई आफ्नो कानूनी कर्तव्य गर्न अवरुद्ध गर्ने कार्य स्वयंमा अदालतको अधिपत्यलाई गैरकानूनी चुनौती दिने कार्यको रूपमा मात्र नपर्ने कुनै कारण देखिंदैन । यस किसिमको दुस्साहस गर्ने व्यक्तिलाई अदालतले अबहेलनामा कारबाही गर्न पाउने आफ्नो अधिकारको प्रयोग गरी न्याय सम्पादन, प्रकृयाका सहयोगी एवं अदालतकै अधिकृतको रूपमा मानिएका विद्वान कानून व्यवसायीहरूमा स्वतन्त्र र निर्भिक बातावरण कायम राख्नु पर्ने कर्तव्य हुन आउंछ । (प्र.नं.१८) (३) जुन अदालतको अबहेलना भएको हुन्छ सो अदालत स्वयम्ले आफ्नो अबहेलना सम्बन्धमा मुद्दा चलाई आफ्नो छवि सुरक्षित नराख्ने हो र त्यस्तो स्थितिमा पनि माथिल्लो अदालतको मुख ताकी बस्ने हो भने कानूनद्वारा मातहत अदालतहरूलाई आफ्नो अबहेलनामा कारबाही गरी सजाय गर्न पाउने अधिकार प्रदान गर्नुको कुनै औचित्य नै रहदैन । तथापि कुनै पनि अदालतले कुनै वारदातलाई लिएर अबहेलनामा कारबाही चलाउनु भन्दा पूर्व अबहेलना सम्बन्धी आफ्नो क्षेत्राधिकारको विशेष प्रकृतिलाई राम्ररी सोची सम्झी सो अधिकारको प्रयोग गरिनु न्याय प्रशासनको आदर्श र उद्देश्य अनुकूल हुन्छ । (प्र.नं.१९) (४) अबहेलनाको क्षेत्राधिकारको प्रयोग दुवै पट्टी धार भएको लाग्ने तरबार जस्तो भएकोले आदालतहरूद्वारा अबहेलना सम्बन्धी क्षेत्राधिकारको प्रयोग संयमित रूपले नगरिने हो र जथाभावी एवं विवादास्पद किसिमले गरिने प्रचलन बस्दै जाने हो भने सो स्थिति न्याय प्रशासनको हितमा नहुने । (प्र.नं.१९) (५) हाम्रो जस्तो मुलुकमा जहां न्यायिक प्रकृयाबाट न्याय र अन्यायको निरोपण भन्दा बेग्लै किसिमको न्याय र अन्यायको आफ्नै अवधारणा बनाएर बस्ने अज्ञान र अशिक्षामा रुमलिएका जनसामान्यले आफूले आफ्नो धारणाको प्रतिकूल कुनै व्यक्तिले न्यायलाई प्रभावित गर्न लागेको छ भत्रे आशंकाले आवेशमा कुनै काम कुरा गर्छ भने त्यस्तो घटना प्रति सम्बन्धित न्यायाधीश कति हदसम्म क्षमाशील र कति हदसम्म कारबाही र सजाय उन्मुख हुनुपर्छ भत्रे कुरा गम्भीर चिन्तनको विषय हुन आउँछ । (प्र.नं.१९) (६) कुनै पनि त्यस्तो घटना एवं स्थितिको सम्बन्धित न्यायाधीशले न्यायिक समझादारी नदेखाउने हो र अबहेलनामा कारवाही चलाउनु अनुकूल वातावरणलाई नपर्खने हो भने त्यस्तो कारबाहीबाट अदालतको छवी जनमानसमा बन्नुको बदला विग्रन जाने स्वतः स्पष्ट छ । वारदातको अवस्था र असम्बद्ध कुरालाई समुचित विचार गरी अबहेलनामा मुद्दा चलाउने वा नचलाउने वा मुद्दा चलाउनु पर्ने स्थितिमा समेत अन्तिम निर्णय गर्ने अधिकारी सम्बन्धित अदालतको न्यायाधीश नै रहे भएको देखिन्छ । (प्र.नं.१९) (७) वारदातबाट पिडित पक्षका कसैले अबहेलनामा कारवाही गरी पाउन आग्रह गरेकै कारणले सम्बन्धित न्यायाधीशले अबहेलना मुद्दा चलाउनु पर्ने गरी कानूनको कुनै वाध्यता निज उपर रहेको देखिदैंन । नत त्यसरी अबहेलनामा मुद्दा नचलाएकै कारणले त्यस्तो न्यायाधीश स्वयमले अबहेलना गरेको भत्र मिल्ने नै देखिन्छ । (प्र.नं.१९) (८) कुनै किसिमको हुल हुज्जत अथवा अपराधी कार्य हुन लागेको स्थितिमा वा त्यसको सम्भावना रहेकोमा प्रतिरोधात्मक उपाय अपनाउनु र त्यस्तो कार्य भइ सकेकोमा कसुरदार उपर कानून बमोजिमको कारवाही चलाउनु प्रहरी र प्रशासनसंग सम्बन्धित अधिकारीहरूको सामान्य कर्तव्य हो । यस्तो कर्तव्यको कानूनी आधार बेग्लै भएको र सो कर्तव्य पालन नगरेकोमा निजहरू उपर हुन सक्ने कारवाही समेत आफ्नै किसिमको छुट्टै भएकोले सो कर्तव्य नगरेको वा आफ्नो कानूनी कर्तव्य प्रति अकर्मण्यता र लापरवाही देखाएको कारणले निजहरूको विभागीय कर्तव्य अवहेलनाको अपराध संग स्वतः आवद्ध हुन आउने देखिदैंन । (प्र.नं.२०) (९) आफू उपर घटेको कुनै अपराध सम्बन्धमा निजी मुद्दा चलाउनु अथवा सार्वजनिक अपराधको जाहेरी दिनु पिडित व्यक्तिको स्वेच्छाको कुरा हो । तर अबहेलनामा मुद्दा चल्ने नचल्ने कुरा निजको स्वेच्छाको विषयवस्तु नभएर सम्बन्धित अदालत र यस अदालतमा अन्तरनिहित अधिकारको कुरा भएकोले पिडित व्यक्तिले चाहे पनि नचाहे पनि अदालतले चाहेमा अबहेलनामा मुद्दा चल्न सक्ने प्रष्ट छ । (प्र.नं.२१) (१०) पिडित व्यक्तिले एउटा बारदातको सम्बन्धमा बेग्लै मुद्दा गरेको छ भने पनि सो वारदातले परिणामतः अदालतको अबहेलना समेत भएको भत्रे अदालतलाई लागेमा आफ्नो वा मातहत अदालतको छविलाई जोगाउन अथवा न्याय प्रशासनिक प्रकृयाको निर्वाध स्वतन्त्रता कायम राख्न अवहेलनाको छुट्टै कारवाही चलाउने सम्बन्धमा यस अदालतको क्षेत्राधिकार सुनिश्चित छ । यस्तो प्रकृतिको मुद्दामा निजी स्वार्थ वा द्वेष साधन गर्नको लागि कुनै पक्षले अदालतलाई आफ्नो प्रतिद्वन्दीको विरुद्ध हतियारको रूपमा प्रयोग गर्न नपाओस भनी सावधान हुनु बेग्लै कुरा हो । (प्र.नं.२१) (११) अदालतद्वारा कसैको पक्षमा अबहेलनाको कारवाही चलाइने होइन । यस्तो कारवाही अदालतले आफ्नो अस्तित्व एवं आस्था कायम राख्न चलाउने हुंदा मुद्दाका कुनै पक्षले आफूलाई विवादास्पद रूपले प्रयोग गर्न नपाउने कुरामा पर्याप्त सतर्कता अनिवार्य हुन्छ । नत अदालतमा चली राखेको कुनै अन्य मुद्दाको पक्ष, विपक्ष एक पक्ष वा निजको कानून व्यवसायी अथवा साक्षीको विरुद्ध अवहेलना मुद्दा चलेकै कारणले अदालतले त्यस्तो पक्षको विरुद्ध कुनै धारणा बनाएको छ भन्ठान्न मिल्छ । न त त्यस्तै कुनै पक्ष निजको कानून व्यवसायी अथवा साक्षीको उजूरीबाट अदालतले अर्को पक्षको विरुद्ध अवहेलना मुद्दा चलाएमा अदालतले विवादको कुनै पक्षतिर लागेको भत्र नै मिल्छ । अबहेलनाको कारवाही अदालत स्वयंको प्रतिरक्षात्मक कारवाही भएकोले विवादको कुनै पक्षसंग अदालतको संलग्नता रहने कुरा नै आउदैन । (प्र.नं.१८) (१२) न्याय सम्पादनमा सघाउ पुर्‍याउन आउने कानून व्यवसायी वा अदालतका अन्य अधिकृतको कर्तव्य पथमा बाधा अबरोध वा तगारो खडा गर्ने जस्तो न्यायपालिका प्रति निजहरूको सम्मान र आस्थाको प्रश्न चिन्ह रहेको प्रस्तुत मुद्दामा अदालतबाट जारी भएको समाह्वानमा स्वयं उपस्थित भई आफ्नो यथार्थ व्यहोरा खोली त्यस्तो बाधा अबरोध खडा नगरेको, न्यायपालिका वा अदालत प्रतिको आफ्नो सम्मान रहेको र आरोपित कार्य आफूबाट नभएको नगरेको कुराको विश्वास अदालतलाई दिलाउनु पर्ने निजहरूको कर्तव्य थियो अदालतमा आई कानून परायण एउटा नागरिकले अदालत प्रति देखाउनु पर्ने सम्मान समेत देखाउन वास्ता नगर्ने, अवहेलना गरेको भत्रे दोष लगाए लगाउ मलाई मतलब छैन भने जस्तो गरी अदालतमा उपस्थित हुन सम्म नआउने यी प्र.हरूले दावी बमोजिम अबहेलना गरेनन् होला भत्रे अदालतले बिश्वास गर्नु पर्ने आधार नै स्वयं यिनैको प्रस्तुत अदालती कारवाही प्रतिको निरपेक्षताको व्यवहारबाट रहन आएन । यस प्रकार न्याय प्रशासन प्रकृया प्रति अनास्था र असहयोग देखाउने यी प्रतिवादीहरूले जनसामान्यको मन मस्तिष्कमा अदालतलाई सघाउ पुर्‍याउने कानून व्यवसायीलाई हातपात हुल हुज्जत समेत गरी अदालत प्रति अनादर प्रयुक्त हुने कार्य गरेको अठोट लिनु पर्ने स्वभाविक देखिने । (प्र.नं.२२) (१३) तनावयुक्त वातावरणको कारणले यी प्रतिवादीहरूले अवहेलनाको काम गर्न दुरुत्साहन भएको र त्यसमा पनि राष्ट्रिय जन आन्दोलन लगत्तै पश्चात हुलमुल र अराजकताको तत्कालिन प्रवृतिलाई दृष्टिगत गर्दा आफूले गरेको अपराधिक कार्यको संगिनताको यथार्थबोध त्यस्को अंजामको ज्ञानको अभावमा यी प्रतिवादीहरूद्वारा जे जस्तो भए गरे पनि त्यस्तो अपराध आफूबाट भएकोमा प्रयास्चित वा पछतावा गरुन भनी यस्ता व्यक्तिलाई उक्त स्थितिमा एक पटक शिक्षाप्रद मौका प्रदान गर्नु यस तहको अदालतको लागि शोभनीय भएको र त्यस्तो मौका दिइनु अर्थहीन वा निस्प्रयोजन समेत नदेखिने । (प्र.नं.२२)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.4684
मुद्दाको विषयअदालतको अबहेलना
निर्णय वर्ष / मिति2049/12/16
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री केशव प्रसाद उपाध्याय | माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय
उद्धरण सन्दर्भने.का.प. २०५०, नि.नं. 4684
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्