उत्प्रेषणको आदेशले गलत निर्णयको ठाउंमा ठीक निर्णय गर्दैन खाली गलत त्रुटिपूर्ण कुरालाई प्रारम्भ देखि नै सफा गरी मेटी दिने । (प्रकरण नं. १३) रिटले गल्ती सुधार्ने र गलत नगर भन्ने मात्र देखाउंदछ । गलत निर्णयलाई बदली त्यसको ठाउँमा अर्को सही निर्णय गर्दैन, केवल त्रु…
अदालतको अवहेलना मुद्दामा के कस्ता शब्दहरु लेखेका छन् भन्ने भन्दा पनि ती कुराहरुबाट न्याय सम्पादनमा र जनताको अदालत प्रतिको जनआस्थामा असर परेको छ, छैन भन्ने कुरा नै मुख्य रुपमा विचारणीय हुने । (प्रकरण नं. ८) सम्मानीत सर्वोच्च अदालतका सम्माननीय प्रधान न्यायाधीश ज…
नक्सा पास सम्बन्धमा निवेदकले उजुर गर्दैमा हक बेहकको प्रश्न उठेको भनी सम्झन नमिल्ने । (प्रकरण नं. १४) कानुन बमोजिम नक्शा पास गरी दिने अधिकार प्राप्त का.न.पा. को कार्यकारिणी सचिव एवं अध्यक्षले कानुन बमोजिम नक्शा पास गरी दिने गरेको निर्णयलाई अनाधिकार निर्णय भएको…
वादीले लिएको दावीलाई खण्डन गरी प्रतिवाद गर्ने प्रतिवादीले वादी हकवाला होइन भन्ने कुराको प्रमाण पुर्याउनु पर्ने बाध्यात्मक व्यवस्था प्रमाण ऐन, २०३१ को दफा २८ ले गरेको पाइन्छ । प्रतिवादीले सो अनुसार प्रमाण पुर्याउन सकेको पाइंदैन भने वादीले पेश गरेको जिल्ला कार…
सर्वोच्च अदालतको मिति ०४७।५।१३ को फैसला बमोजिम कसैको हक नछुट्याई रहेको सम्पत्तिमा आफ्नो पनि हक रहे पनि फैसला कार्यान्वयनमा समेत बाधा अडचन हुने गरी कुनै कार्य गरिन्छ भने त्यस्तो कार्य गर्न नदिन, यथास्थिति कायम राखी कानुनी बाटो अनुसरण गराउनु निषेधाज्ञाको मुख्य उ…
सबैको सामुहिक हक लाग्ने गुठीको जग्गामा गुठीयार मध्येका कुनै कसैले रैकर परिणत दर्ता गराएको छ भन्ने आधारमा अरु गुठियारको हक जान्छ भन्न नमिल्ने । (प्रकरण नं. १७)
अंशबण्डाको ३० नं. मा मुलुकी ऐन सातौं संशोधन (२०३४) हुनु पूर्व बण्डापत्र खडा नगरी घरसारमा नरम गरम मिलाई अचल अंशबण्डा गरी छुट्टिई आफ्नो भाग लिई पाइसकेपछि दाखिल खारेज समेत गराई वा बण्डा बमोजिम आफ्नो आफ्नो भागको अचल सम्पत्ति छुट्टाछुट्टै भोग बिक्री व्यवहार गरेकोमा…
सगोलको सम्पत्ति नभै संयुक्त दर्तासम्म कायम रहेको सम्पत्तिमा बढी घटी हुने गर्ने अवस्था वा लिखत नभएका अवस्थामा सबै अंशियारहरुको समान भाग लाग्ने मान्नु पर्ने । (प्रकरण नं. १२) उमेर पुगेका छोराहरुको मञ्जुरी लिनु पर्ने कानुनी प्रावधानले निज गोपाल प्रसादको समेत हक स…
आफ्नो नाममा दर्ता तिरो भई चलन गरी आएको निजी बन बुटेन भएको जग्गा सम्बन्धित व्यक्तिले सप्रमाण लिखितरुपमा दावी गरेमा दफा ११(ख) बमोजिम गठित समितिले छानवीन गरी निर्णय गरे अनुसार सम्बन्धित जग्गावालाको नाममा दर्ता गरिनेछ भन्ने व्यवस्था जग्गा नाप जाँच ऐन, २०१९ (संशोधि…
कुनै पनि व्यक्तिलाई यो यस अभियोगमा यस कानुनको आधारमा पुर्पक्षको लागि थुनामा राख्नु भन्ने अधिकार प्राप्त निकायबाट स्पष्ट र किटानी आदेश बेगर थुनामा राख्नु कानुनसंगत नहुने। (प्रकरण नं. ८) अधिकार प्राप्त निकायबाट थुनामा राख्नु भन्ने किटानी आदेशको अभावमा म्याग्दी ज…
नेपाल कानुन व्याख्या सम्बन्धी ऐन, २०१० को दफा ८ ले समयको प्रारम्भ र अन्त सम्बन्धमा गरेको व्यवस्था हेर्दा कुनै नेपाल ऐनमा केही समयको अवधि वा दिनहरुमा पहिला हिस्सा वा दिनलाई बाहेक गर्नु परेमा “देखि” भन्ने शब्द र केही समयको अवधि वा दिनहरुका आखिरी हिस्सा वा दिन सा…
प्रतिवादी तर्फबाट पैसा बुझाएको भनी रीतपूर्वकको भरपाई पेश गर्न सकेको देखिँदैन । प्रतिवादीतर्फबाट पेश हुन आएका चिटहरुमा पैसा लिए बुझाएको कुनै कुरा उल्लेख भएको पाइंदैन। रकम र मिति मात्र उल्लेख गरेको कागजलाई भर्पाईको रुपमा मान्यता दिन मिल्न सक्ने स्थिति नदेखिने ।…
बालिग मताधिकार संविधानले प्रदान गरेको छ, मत दिने अधिकार भएकाले निर्वाचनमा उम्मेदवार हुन पनि कानुनले हक प्रदान गर्दछ । यसमा नेपाली नागरिकलाई संविधान तथा कानुनले जात, जाति, लिंग, धर्म, वर्ण, वैचारिक आस्थाबाट विभेद गरेको छैन । जहाँसम्म दल खोल्न पाउने स्वतन्त्रताक…
कुनै कानुनले मौलिक हकमा बन्देज लगाएको, संवैधानिक प्रावधानको विपरीत व्यवस्था गरेको, संविधानले तोकेको सीमा नाघेको वा संवैधानिक सीमालाई सांगुर्याउने कार्य गरेमा समेत त्यस्तो कानुन संविधानसंग बाझिन जाने हुन सक्ने । (प्रकरण नं. ११) समान संरक्षण भयो भएन भन्ने कुरा…
नेपाल अधिराज्यको संविधान, २०४७ को धारा १२ को उपधारा (२) (ग) ले नेपाली नागरिकलाई संघ संस्था खोल्ने स्वतन्त्रता प्रदान गरेको देखिन्छ । संशोधित निजामती सेवा नियमावलीको नियम ९.१५ को उपनियम (३) ले राजपत्रांकित कर्मचारीले “कुनै संगठनको सदस्य बन्न हुँदैन” भन्ने व्यवस…
§ निजी आर्जनबाट राजीनामा गरी लिएको भनी पुरनावेदन वादीले जिकिर लिएता पनि यसको खास सबुल प्रमाण स्वरुप निजी आर्जनको श्रोत खुलाउन सकेको पाइदैन । प्रमाण निमित्त पेश भएको राजिनामाको कैफियत मेरो अंश वापत प्राप्त उक्त जगगा दा.खा. नामसारी को लागि मसंग नागरिकता नहुँदा न…
§ गुठी संस्थान ऐन, २०२९ को दफा २६ को प्रतिवन्धात्मक वाक्यांशमा “यो ऐन वा भूमि सम्बन्धी ऐन, २०२१ वा अन्य प्रचलित नेपाल कानूनमा जुनसुकै कुरा लेखिएको भएतापनि गुठी तैनाथी जग्गामा संस्थानले लिखत मंजूरी गरी मोहीयानी प्रदान गरेकोमा वाहेक २०३० साल चैत्र मसान्तसम्म त्य…
§ आफैले बण्डा लाग्ने सम्पत्ति भनी तायदातीमा उल्लेख गरी सकेपछि अव सो विवादको जग्गा पेवाबाट खरीद गरेको बण्डा नलाग्ने भन्नु न्यायसंगत मान्न नमिल्ने । (प्र. नं. १७) § लिखतमा पेवा भन्ने उल्लेख भएको आधार प्रमाणबाट मात्र सो सम्पत्ति प्रतिवादीको एकलौटी भन्न सकिने अवस्…
§ नागरिक अधिकार ऐन, २०१२ को दफा १७ को देहाय (१) मा यस ऐन द्वारा प्रदत्त आफ्नो कुनै अधिकारमा कसैको आघात गर्ने शंका लागेमा उजुर दिन सक्ने प्रावधान रहेको पाइन्छ । निवेदकका लेखाईबाटै विपक्षीले कटेरो बनाउने कार्य शुरु भएकोले कटेरो बनाउन रोक्का राख्नु भनी निषेधाज्ञा…
§ नगर विकास ऐन, २०४५ को दफा ११ ले नगर विकास समितिलाई नगर योजना क्षेत्रको प्राकृतिक एवं वातावरणीय संरक्षणको लागि जल क्षेत्रमा हुने निर्माण एवं अन्य क्रियाकलापहरुको सम्बन्धमा शर्त तोकी सो बमोजिम कार्य गर्ने गराउने अधिकार निहित रहेको पाइने । (प्र.नं. ९)
§ नेपाल न्याय सेवा (गठन समूह तथा श्रेणी विभाजन नियुक्ति सरुवा, बढुवा) नियम २०५१ मिति २०५१।३।६ को राजपत्रमा प्रकाशित भै लागु भएबाट उक्त नियमको नियम ११ को (२) को (ग) मा अदालतको राजपत्र अनंकित कर्मचारीको हकमा सम्बन्धित पुनरावेदन अदालत र सो अदालत क्षेत्र अन्तर्गतक…
§ कसैको नाममा दर्ता भएको जग्गा कसैले राजीनामा पारीत गरी लिएपछि त्यस्तो जग्गाका विषयमा कुनै निर्णय आदेश गर्दा असर पर्ने पक्षलाई समेत बुझी निर्णय गर्नु पर्ने । (प्र.नं. २१) § सरोकारवाला ब्यक्तिलाई नबुझी रोक्का राख्नु प्राकृतिक न्यायको सिद्धान्त प्रतिकूल हुन जान्…
§ निवेदकको पशुपति खाद्य तेल उद्योगले ०३८।९।५ गतेका दिन उद्योग विभागबाट इजाजत प्राप्त गरी ०३८।१२।१७ गतने देखि कम्पनी रजिष्टर भई ०४०।२।३ देखि औद्योगिक उत्पादन शुरु गरेको पाइन्छ । उद्योग स्थापनाको अवस्थाको तत्काल प्रचलित कानूनी व्यवस्था हेर्दा औद्योगिक ब्यवसाय ऐन…