नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 5031 · वि.सं. २०५२

नि.नं. 5031 — लेनदेन

सिद्धान्त / नजिर सार (Headnote Summary)

प्रतिवादी तर्फबाट पैसा बुझाएको भनी रीतपूर्वकको भरपाई पेश गर्न सकेको देखिँदैन । प्रतिवादीतर्फबाट पेश हुन आएका चिटहरुमा पैसा लिए बुझाएको कुनै कुरा उल्लेख भएको पाइंदैन। रकम र मिति मात्र उल्लेख गरेको कागजलाई भर्पाईको रुपमा मान्यता दिन मिल्न सक्ने स्थिति नदेखिने । (प्रकरण नं. १६) पेश भएका चिटहरु मिति ०३५।९।३ कै तमसुकी रुपैयाको हो भन्ने कुरा कतैबाट यकिन हुन नआएको अवस्थामा अन्दाजको भरमा पेश भएका चिटहरु मिति ०३५।९।३ को तमसुक बमोजिमको रुपैया“ बुझाएकै चिट हो भनी अनुमान गर्न नमिल्ने । (प्रकरण नं. १६) लेनदेन व्यवहारको ५ नं. अनुसार भरपाई गरी खुलाउन पर्ने कुराहरु नखुलेको र प्रतिवादीतर्फबाट पेश भएको चिट (कागज) को आकृतिगत स्वरुपबाट पनि भरपाई भन्न मिल्ने नदेखिंदा पेश भएको उक्त चिटहरु (कागज) कानुनको रीत पुगेको तमसुक फेला नपरी गरिने भरपाईको आन्तरिक र बाह्य लक्षण पनि मौजुदा रहेको नहुँदा शुरु र जनकपुर अञ्चल अदालतको फैसला केही उल्टी गरी तमसुक बमोजिमको पुरै रकम भराई दिने गरेको माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंहको राय मनासिब ठहर्ने । (प्रकरण नं. १६)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.5031
मुद्दाको विषयलेनदेन
निर्णय वर्ष / मिति2051/11/11
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री मोहनप्रसाद शर्मा | माननीय न्यायाधीश श्री लक्ष्मणप्रसाद अर्याल | माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय | माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंहको राय मनासिब ठहर्ने । | माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंहको राय । | माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंहको राय सँग मेरो सहमती नहुँदा सर्वोच्च अदालत नियमावली | माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंहको राय मनासिब ठहर्छ । मिसिल नियमानुसार गरी बुझाई दिनु ।
उद्धरण सन्दर्भने.का.प. २०५२, नि.नं. 5031
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्