नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 5021 · वि.सं. २०५१
नि.नं. 5021 — परमादेश समेत ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ कसैको नाममा दर्ता भएको जग्गा कसैले राजीनामा पारीत गरी लिएपछि त्यस्तो जग्गाका विषयमा कुनै निर्णय आदेश गर्दा असर पर्ने पक्षलाई समेत बुझी निर्णय गर्नु पर्ने । (प्र.नं. २१) § सरोकारवाला ब्यक्तिलाई नबुझी रोक्का राख्नु प्राकृतिक न्यायको सिद्धान्त प्रतिकूल हुन जान्छ । यसरी रोक्का राख्दा सम्बन्धित पक्षलाई नबुझी एकतर्फी रुपमा प्राकृतिक न्याय सिद्धान्त विपरीत भए गरेको निर्णय त्रुटिपूर्ण हुँदा विवादित जग्गा रोक्का राख्ने गरेको र निवेदकले दाखेल खारेज गर्ने विषयमा दिएको निवेदन मिति २०५०।२।१२ मा प्रत्यर्थी मालपोत कार्यालय झापाबाट तामेलीमा राखी दिने गरेको निर्णय उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्र.नं. २१)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 5021 |
|---|---|
| मुद्दाको विषय | परमादेश समेत । |
| निर्णय वर्ष / मिति | 2051/12/06 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री रुद्र बहादुर सिंह | माननीय न्यायाधीश श्री नरेन्द्र बहादुर न्यौपाने |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५१, नि.नं. 5021 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
