नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 5035 · वि.सं. २०५२

नि.नं. 5035 — लिखत दर्ता बदर दर्ता कायम

सिद्धान्त / नजिर सार (Headnote Summary)

सगोलको सम्पत्ति नभै संयुक्त दर्तासम्म कायम रहेको सम्पत्तिमा बढी घटी हुने गर्ने अवस्था वा लिखत नभएका अवस्थामा सबै अंशियारहरुको समान भाग लाग्ने मान्नु पर्ने । (प्रकरण नं. १२) उमेर पुगेका छोराहरुको मञ्जुरी लिनु पर्ने कानुनी प्रावधानले निज गोपाल प्रसादको समेत हक सुरक्षित रहने देखिने । (प्रकरण नं. १३) उमेर पुगेका छोराहरुको मञ्जुरी लिनु नपर्ने विवादित अचल सम्पत्तिको आधारमा निजले सावित्रीदेवी श्रेष्ठलाई गरिदिएको शेषपछिको बकसपत्र कायमै रहने । (प्रकरण नं. १३) विवादित अचल सम्पत्ति बकसपत्र गरिदिए उपर ३ जना छोराहरु मध्ये गोपालप्रसाद श्रेष्ठले उजूर नगरेकोले निजको भाग जतिको बकसपत्रको लिखत बदर गरिरहन पर्ने अवस्था नआउने । (प्रकरण नं. १३)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.5035
मुद्दाको विषयलिखत दर्ता बदर दर्ता कायम
निर्णय वर्ष / मिति2051/11/09
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह | माननीय न्यायाधीश श्री अरविन्दनाथ आचार्य
उद्धरण सन्दर्भने.का.प. २०५२, नि.नं. 5035
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्