नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 5032 · वि.सं. २०५२

नि.नं. 5032 — उत्प्रेषण समेत

सिद्धान्त / नजिर सार (Headnote Summary)

नेपाल कानुन व्याख्या सम्बन्धी ऐन, २०१० को दफा ८ ले समयको प्रारम्भ र अन्त सम्बन्धमा गरेको व्यवस्था हेर्दा कुनै नेपाल ऐनमा केही समयको अवधि वा दिनहरुमा पहिला हिस्सा वा दिनलाई बाहेक गर्नु परेमा “देखि” भन्ने शब्द र केही समयको अवधि वा दिनहरुका आखिरी हिस्सा वा दिन सामेल गर्न परेमा “सम्म” भन्ने शब्द लगाए पुग्छ भनी उल्लेख गरेको देखिन्छ । निवेदकले मालपोत कार्यालयले रजिष्ट्रेशनको ३५ नं. बमोजिम नालेश गर्नु भनी सुनाएको आधारमा का.प.जि.अ.मा २०४४।८।१ मा फिराद दायर गरेको देखिन्छ। रजिष्ट्रेशनको ३५ नं. हेर्दा “निखन्न दिनु पर्नेले लिनु नपर्ने कारण देखाएकोमा प्रमाण बुझी इन्साफ दिनु पर्ने कुरा देखिन आए पैंतीस दिन भित्र नालेश गर्नु भनी सुनाई दिनु पर्छ” भन्ने कानुनी व्यवस्था भएको र सोही आधारमा मा.पो.का.ले निवेदकलाई सुनाएको देखिंदा हदम्यादको गणना गर्दा सो सुनाएको दिनलाई बाहेक गरी गणना गर्न मिल्ने देखिएन । अर्थात ऐनमा नै पैंतीस दिन “भित्र” भनी स्पष्ट व्यवस्था भएकोमा कानुन व्याख्या सम्बन्धी ऐन, २०१० को दफा ८ मा रहेको “देखि” “सम्म” भन्ने शब्दहरुको प्रसंगमा अर्थ गर्न नमिल्ने । (प्रकरण नं. १०) निवेदकलाई अदालतमा नालेश गर्न जान सुनाएको २०४४।६।२७ देखि नालेश परेको मिति २०४४।८।१ सम्म दिनको गणना गर्दा आश्विन ३१ दिनको महिना भएकोले आश्विनको ५ दिन कार्तिक ३० दिनको महिना हुँदा कार्तिकको ३० दिन र मंसीर १ गतेको १ दिन समेत जोड्दा फिरादपत्र ३६ औं दिनमा परेको देखियो । निवेदकलाई नालेश गर्न जा“दा “देखि” वा “सम्म” भनी सुनाएको समेत देखिँदैन । त्यसैले निवेदकलाई सुनाउँदा अड्डा खुलेको पूर्वार्धमा वा उत्तरार्धमा कुनै समयमा सुनाएको थियो भन्ने कुरा प्रस्तुत विवादमा प्रासंगिक समेत नहुंदा ३६ औं दिनमा परेको फिरादलाई “३५ दिन” भित्र परेको भनी मान्न मिल्ने नदेखिने । (प्रकरण नं. ११)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.5032
मुद्दाको विषयउत्प्रेषण समेत
निर्णय वर्ष / मिति2051/09/21
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री केशवप्रसाद उपाध्याय | माननीय न्यायाधीश श्री लक्ष्मणप्रसाद अर्याल | माननीय न्यायाधीश श्री कृष्णजंग रायमाझी | माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंहको राय र निवेदकलाई सुनाउँदा देखि वा सम्म भन्ने शब्द नपरी भित्र भन्ने शब्द परेको देखिएको र सुनाएको दिन पूर्वार्धको अवस्था पनि हुन सक्ने हुँदा यस अवस्थामा उजुर गर्नु भनी सुनाएको ३५ दिनभित्रै उजुर गर्नु पर्ने देखिँदा हदम्याद नघाई फिराद गरेको पाइन्छ । तसर्थ हदम्याद नाघेको भनी म.क्षे.अ.समेतबाट फिराद खारेज गर्ने गरेको निर्णयमा कुनै त्रुटि नदेखिँदा प्रस्तुत रिट निवेदन खारेज हुने ठहर्छ भन्ने माननीय न्यायाधीश श्री मोहनप्रसाद शर्माको छुट्टै राय भएको मिति २०४९।९।१ को राय बाझी फैसला । | माननीय न्यायाधीश श्री मोहनप्रसाद शर्माको राय मनासिबै देखिन्छ । मिसिल नियमानुसार गरी बुझाई दिन ।
उद्धरण सन्दर्भने.का.प. २०५२, नि.नं. 5032
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्