नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 5024 · वि.सं. २०५१

नि.नं. 5024 — निषेधाज्ञा

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ नागरिक अधिकार ऐन, २०१२ को दफा १७ को देहाय (१) मा यस ऐन द्वारा प्रदत्त आफ्नो कुनै अधिकारमा कसैको आघात गर्ने शंका लागेमा उजुर दिन सक्ने प्रावधान रहेको पाइन्छ । निवेदकका लेखाईबाटै विपक्षीले कटेरो बनाउने कार्य शुरु भएकोले कटेरो बनाउन रोक्का राख्नु भनी निषेधाज्ञाको माग गरेको देखिन्छ । निषेधाज्ञा जारी हुन कुनै कार्य हुने आशंकाको विद्यमानतामा जारी हुने नै हो । कार्य नै भईसकेको अवस्थामा उक्त दफा १७ (१) को प्रावधान अनुसार निषेधाज्ञा जारी हुन सक्ने अवस्था रहन नआउने । (प्र.नं. ७) § आशंकाको विद्यमानताको अभावमा निषेधाज्ञाको उजुरी पर्नु पूर्व नै कार्य सम्पन्न भइसकेको विषयमा निषेधाज्ञा जारी गर्न कानूनले नमिल्ने । (प्र.नं. ७)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.5024
मुद्दाको विषयनिषेधाज्ञा
निर्णय वर्ष / मिति2051/12/14
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री केशव प्रसाद उपाध्याय | माननीय न्यायाधीश श्री कृष्ण कुमार बर्मा
उद्धरण सन्दर्भने.का.प. २०५१, नि.नं. 5024
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्