नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 5022 · वि.सं. २०५१
नि.नं. 5022 — उत्प्रेषण
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ नेपाल न्याय सेवा (गठन समूह तथा श्रेणी विभाजन नियुक्ति सरुवा, बढुवा) नियम २०५१ मिति २०५१।३।६ को राजपत्रमा प्रकाशित भै लागु भएबाट उक्त नियमको नियम ११ को (२) को (ग) मा अदालतको राजपत्र अनंकित कर्मचारीको हकमा सम्बन्धित पुनरावेदन अदालत र सो अदालत क्षेत्र अन्तर्गतका जिल्ला अदालतको कर्मचारीहरु सम्भाब्य उम्मेदवगार हुने भनी स्पष्ट ब्यवस्था गरेको रहेछ । उक्त ब्यवस्था बमोजिम निवेदक बाहेक अन्य सम्भाब्य उम्मेदवारको कार्य सम्पादन मूल्याङ्कन नै पूर्ण हुन नसकी रहेको अवस्थामा सम्भाब्य उम्मेदवारबाट छनोट गर्ने कार्यमा केही समय ढिला हुन जानु खास कुरा हुन आउँदैन । यसले निवेदकको हकमा असर पार्ने नियम पनि देखिँदैन । उक्त रिक्त पद अदालत समूहको भै अदालतका अन्य सम्भाब्य कर्मचारीलाई समावेश गर्नुपर्ने भन्ने नियमले नै स्पष्ट व्यवस्था गरेको अवस्थामा मिति २०५०।१२।३१ को सूचनालाई रद्द गर्ने गरी मिति ०५१।३।२२ को बढुवा समतिको सूचनामा कानून बमोजिम निवेदक मात्र सम्भाब्य उम्मेदवार भई बढुवाको हक सृजित भयो भनी मान्न सकिने अवस्था नदेखिँदा माग बमोजिम आदेश जारी गर्न नमिल्ने । (प्र. नं. ७)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 5022 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण |
| निर्णय वर्ष / मिति | 2051/10/23 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री मोहन प्रसाद शर्मा | माननीय न्यायाधीश श्री नरेन्द्र बहादुर न्यौपाने |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५१, नि.नं. 5022 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
