नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 5036 · वि.सं. २०५२

नि.नं. 5036 — अंश

सिद्धान्त / नजिर सार (Headnote Summary)

अंशबण्डाको ३० नं. मा मुलुकी ऐन सातौं संशोधन (२०३४) हुनु पूर्व बण्डापत्र खडा नगरी घरसारमा नरम गरम मिलाई अचल अंशबण्डा गरी छुट्टिई आफ्नो भाग लिई पाइसकेपछि दाखिल खारेज समेत गराई वा बण्डा बमोजिम आफ्नो आफ्नो भागको अचल सम्पत्ति छुट्टाछुट्टै भोग बिक्री व्यवहार गरेकोमा व्यवहार प्रमाणबाट बण्डा भइसकेको ठहरेको अवस्थामा मात्र अंशबण्डा भैसकेको मान्नु पर्ने हुँदा प्रस्तुत मुद्दामा वादी प्रतिवादी एकासगोलको अंशियार देखिन आएबाट फिराद दावी अनुसार वादीले प्रतिवादीबाट अंश छुट्टयाई लिन पाउने नै देखिन आयो । अतः प्रतिवादीबाट वादीले अंश छुट्टिसकेको सबूदको अभावमा पुनरावेदन अदालत नेपालगंजले पेश भएको तायदाती फाँटवारीको सम्पत्तिको २ भागको १ वादी दावी बमोजिम अंश पाउने ठहर्‍याएका इन्साफ मिलेकै देखिँदा प्रतिवादीको पुनरावेदन जिकिर पुग्न नसक्ने । (प्रकरण नं. ११)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.5036
मुद्दाको विषयअंश
निर्णय वर्ष / मिति2051/08/12
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री ओमभक्त श्रेष्ठ | माननीय न्यायाधीश श्री कृष्णकुमार वर्मा
उद्धरण सन्दर्भने.का.प. २०५२, नि.नं. 5036
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्