नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 5043 · वि.सं. २०५२

नि.नं. 5043 — अवहेलना

सिद्धान्त / नजिर सार (Headnote Summary)

उत्प्रेषणको आदेशले गलत निर्णयको ठाउंमा ठीक निर्णय गर्दैन खाली गलत त्रुटिपूर्ण कुरालाई प्रारम्भ देखि नै सफा गरी मेटी दिने । (प्रकरण नं. १३) रिटले गल्ती सुधार्ने र गलत नगर भन्ने मात्र देखाउंदछ । गलत निर्णयलाई बदली त्यसको ठाउँमा अर्को सही निर्णय गर्दैन, केवल त्रुटिलाई मेटी दिने । (प्रकरण नं. १३) उत्प्रेषणको आदेशले बदर भई शुन्यको स्थितिमा रहेको अवस्थामा निवेदकले विपक्षीहरुका नाममा दर्ता भएको जग्गा दर्ता बदर गरी आफ्नो नाममा वा गुठीको नाममा गराउनु पर्नेमा सो जग्गाको सट्टा अनेत्र जग्गा दिएमा मञ्जूर छ भनी मिति २०४९।१०।२६ गतेमा कागज गरी दिएको फाइल संलग्न कागजातबाट देखिन्छ । यसरी एकातिर अनेत्रको जग्गा लिन इच्छाइएको छ भने अर्कोतर्फ उत्प्रेषणको आदेशद्वारा बदर भएको आदेश कार्यान्वयन नगरेकोले मानहानीमा कारवाही गरी पाउ“ भनी दिएको निवेदन हेर्दा अदालतको अवहेलना अनादर भएको भन्ने दावी प्रमाणको अभावमा अवहेलना गरेको ठहराउन सक्ने स्थिति नदेखिँदा निवेदनपत्र खारेज हुने । (प्रकरण नं. १३)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.5043
मुद्दाको विषयअवहेलना
निर्णय वर्ष / मिति2051/11/09
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री लक्ष्मणप्रसाद अर्याल | माननीय न्यायाधीश श्री हरिप्रसाद शर्मा
उद्धरण सन्दर्भने.का.प. २०५२, नि.नं. 5043
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्