§ दुई वर्षको लागि प्रतिवादी औद्योगिक क्षेत्रमा वादीले संझौता गरी जग्गा भाडामा लिई वसेको अवस्थामा १ वर्ष ६ महिनामा नै प्रतिवादी समेतको स्वीकृतिले जग्गा छाडी गएको र वादीले स्थापना गरेको उद्योगमा लगाएइको विद्युत लाइन समेत काटी सकेको देखिन्छ । यसरी आर्थिक वर्षको व…
§ श्री ५ को सरकारको कर्मचारी जहाँ जुन अवस्थामा वा पदमा खटिएपनि श्री ५ को सरकारको कर्मचारी रही रहने देखिने तथा वन पैदावर विकास समिति श्री ५ को सरकार वन तथा भू संरक्षण मन्त्रालय अन्तर्गतको समिति भन्ने देखिन आउँछ । मिसिल सामेल रहेको २०३३ साल आश्विन २५ गते प्रकाशि…
§ मुलुकी ऐन दण्ड सजायको ३८ नं. मा जरिवाना नतिरे वापत कैद हुने कानून व्यवस्था देखिन्छ । रिट निवेदिकाले आफ्नो रिट निवेदनमा जरिवाना तिरेको वा तिर्ने छु भनी वचनवद्धता देखाएको नहुँदा हाल निज थुनामा मुक्त हुन सक्ने अवस्था नदेखिंदा निवेदक गैर कानूनी थुनामा रहेको भन्न…
§ सहयोग भन्नाले शुल्कको रुपमा अनिवार्य गरी उठाउन पाउने भनी संझनु नमिल्ने । (प्र.नं. १३) § प्रतिवन्धात्मक व्यवस्थाले सामान्य व्यवस्था नै उलट पलट गर्न नसक्ने । (प्र.नं. १३) § प्रतिवन्धात्मक व्यवस्थाको कडाईका साथ सीमित दायराभित्र रहने गरी प्रयोग गर्नु पर्ने । (प्…
§ जाहेरवाला कटक वहादुरको घा जाँचको सम्वन्धमा स्वास्थ्य चौकी रामपुरको केश फाराममा ३५ दिनमा निको नहुने नीलडाम र लाठा ढुंगाको घाउ चोट परेको उल्लेख छ । त्यस्तै उदयपुर अस्पताल केश फराममा टाउकोमा १ह१र२, १र२ह१र४ काटेको घाउ दाहिने कानमा घाउ पिठमा नील डाम ३ वटा दाहिना…
§ विवादित जग्गामा आफ्नो स्वामित्वमा कायम नभई भोग सम्म रहेको भोगवालालार्ई आफ्नो स्वामित्वमा नरहेको जग्गामा अर्कोलार्ई धर्मशाला तथा अन्य निर्माण कार्य गर्न दिने अधिकार नहुने । (प्र.नं. ८)
§ प्रतिवादीको जिकिर अनुरुप यदि जग्गावाला वादीले वाली वुझ्न आलटाल गरे वा इन्कार गरे वा जग्गावाला नभेटिएको अवस्थामा कानून वमोजिम धरौट राख्न सकिने अवस्था छंदा छदै सो वमोजिम नगरी केवल वाली वुझाउन तयार छु भनी प्रतिवादीले भन्दैमा प्रतिवादी मोहीतर्फवाट कानून वमोजिम प…
§ अड्डाको सामान्य भूलका कारणले मात्र फिरादीको कानूनन् हक अधिकारमा कुनै असर पर्न जाने अवस्था हुन नआउने । (प्र.नं. १३) § फिरादमा पर्सां जिल्ला अदालतको नाम उल्लेख भएकै कारणवाट भूमि सुधार कार्यालय, पर्साले अधिकार विहिन निर्णय गर्यो भन्ने पुनरावेदन अदालत, हेटौडाको…
§ मुलुकी ऐन आगो लगाउनेको महलको ५ नं. मा ूअर्काको घरमा आगो लगाएमाू (यस महलको २ नं. वा ३ नं. ले सजाय हुने अवस्थाकोमा वाहेक) अरुमा आगो लगाउने र सो काममा मुख्य भै वचन दिने जतिलार्ई एकाघरको चार वर्ष र त्यसदेखि वढी घर एकको एक वर्षका दरले वढाई कैद गर्नु पर्छू भन्ने व…
§ घर व्यवहार चलाउन वापत वक्सपत्र गरि दिएको भए सो व्यहोरा उल्लेख हुनु पर्ने । (प्र.नं.१८) § घर व्यवहार चलाउन वक्सपत्र गरी दिएको भन्ने जिकिर लिदैमा पुग्दैन, प्रमाणद्वारा सो कुराको पुष्टि पनि हुनु पर्ने । (प्र.नं. १८)
§ एउटै कित्ता जग्गाको सम्वन्धमा परेको एउटा पक्षको निवेदनमा कारवाही निर्णय गर्ने र अर्को पक्षको परेको निवेदन कारवाहीमा मौन रहन मिल्ने कुरा होइन । (प्र.नं. १२)
§ कानूनद्वारा इजाजत प्राप्त फर्मले देखाएको बेरुजु रकमलार्ई निवेदक आफूले एकपटक स्वीकार गरी रकम कट्टी समेत गरिसकेको उक्त बेरुजु रकम तिर्न बुझाउन नपर्ने भए समयमै कुनै कारवाही गर्नु पर्नेमा सो समेत गरेको देखिदैन । यसरी कानूनद्वारा इजाजत प्राप्त फर्मले गरेको अडिटवा…
§ दर्ता नै कायम भै नसकेको अवस्थामा बिपक्षीलाई कुत बुझी लिन बाध्य गर्न नमिल्ने । (प्र.नं. ६) § दर्ता नै कायम न भै सकेको अवस्थामा तिरो बुझने समेतको कार्य गर्नु भनी परमादेश जारी गर्न नमिल्ने । (प्र.नं. ६)
§ अधिकार प्राप्त अधिकारी समक्ष सावित हुनेहरुले अदालतमा वयान गर्दा इन्कार भएका छन र निजहरुले वयानमा जिकिर लिए मुताविक धाउ जाँच फारामबाट निजहरुका शरीरमा धाउ चोट परेको देखिने भएबाट निजहरुको सो साविती स्वेच्छाले भएको रहेछ भनी मान्न नमिल्ने । (प्र.नं.३०) § दशि बराम…
§ नि.से.नि. २०५० को नियम ८१(४) ूनिजामती कर्मचारीलाई तालिमको अंक दिंदा एक महिना वा सो भन्दा वढी अवधीको सेवासँग सम्वन्धित विषयको सेवाकालिन तालिम वापत अंक दिईने छ । तालिमको अंक गणना गर्दा जुन श्रेणीमा छंदा तालिमको लागि मनोनयन भएको हो सो अंक सोही श्रेणीको लागि मात…
§ वादीको दावी र प्रतिवादीको जिकिरको दायराभित्र सिमित रही कानूनको उलंघन नहुने गरी मिलापत्र गर्ने अधिकार वादी प्रतिवादीसँग निहित रहने । (प्र.नं.१०) § मिलापत्र गर्दा वादीले दावी लिएको पुरै वाली छोडेरै पनि मिलापत्र गर्न सक्ने भएबाट एका सालको वालीमा मिलापत्र गर्दैम…
§ उजुरीको आधारमा सवुद प्रमाणको मूल्याकंन भै निर्णय भएको भन्ने नदेखिई उजुरी र नापीको क्षेत्रिय दर्ता किताव उतारमा वाटो उल्लेख भएको कुराको आधारमा वाटो खुलाउने भनी कार्यकारी अधिकृतबाट आदेश भएको देखियो । आदेश अनुसार वाटो खोल्ने काम सम्पन्न भैसकेको अवस्था देखिन्छ ।…
§ निजामती सेवा ऐन, २०४९ तथा ऐ नियमावली २०५० अनुसार निजामती कर्मचारीलाई सेवाको आवश्यकता अनुसार सरुवा गर्ने अधिकार सम्वन्धित अख्तियारवालालाई भएको कुरामा विवाद देखिंदैन । आफूलाई सरुवा गरिएको कार्यालयमा गई काम काज गर्नु निजामती कर्मचारीको कर्तव्य पनि भएकोले कानून…
§ तारिखमा छाडीएका व्यक्ति र रिट निवेदकहरुका सम्वन्धमा तत्काल प्राप्त के कस्तो प्रमाणहरु थिए, ती प्रमाणहरुको विश्लेषण सहित परस्पर तुलना गरी निरोपण गर्ने जस्तो न्यायिक प्रकृया नियमित न्यायिक क्षेत्राधिकार वाहेक असाधारण क्षेत्राधिकार अन्तर्गत भित्र पर्न नसक्ने ।…
§ निवेदकले उल्लेख गरेको फैसलाहरुवाट आश्रम निवेदकको निजी हकको ठहर भएको र संस्था दर्ता ऐन, २०३४ अन्तर्गत गठन भएको व्रहमचर्याश्रम समिति अवैध अस्तित्वहिन ठहर भएको देखिन आउँदैन, आश्रम संचालन गर्ने कार्य सम्म निवेदकले गर्न पाउने भन्ने देखिन आउँछ । सो आश्रम संचालन सम…
§ नेपाल अधिराज्यको संविधान, २०४७ को धारा १०२ को उपधारा (५) मा "लोक सेवा आयोगले आफ्नो काम कर्तव्य र अधिकार मध्ये कुनै काम कर्तव्य र अधिकार आफ्नो कुनै सदस्य वा सदस्यहरुको समिति वा श्री ५ को सरकारको कर्मचारीलाई तोकिएको शर्तको अधिनमा रही प्रयोग तथा पालन गर्ने गरी…
§ गाउँ विकास समिति ऐन, २०४८ को दफा ३०(१) ले गाउँ विकास समितिको कोषको संचालन अध्यक्ष र सचिवको संयुक्त दस्तखतबाट हुने व्यवस्था गरेको देखिन्छ । अध्यक्षको उपस्थिति छंदाछदै उपाध्यक्षद्वारा खाता संचालनको कार्य गर्नु विधि सम्मत नहुने । (प्र.नं. २०) § जुन खाता संचालनक…