नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6357 · वि.सं. २०५४
नि.नं. 6357 — उत्प्रेषणयुक्त प्रतिषेध
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ निवेदकले उल्लेख गरेको फैसलाहरुवाट आश्रम निवेदकको निजी हकको ठहर भएको र संस्था दर्ता ऐन, २०३४ अन्तर्गत गठन भएको व्रहमचर्याश्रम समिति अवैध अस्तित्वहिन ठहर भएको देखिन आउँदैन, आश्रम संचालन गर्ने कार्य सम्म निवेदकले गर्न पाउने भन्ने देखिन आउँछ । सो आश्रम संचालन सम्वन्धमा समय समयमा विवाद खडा हुँदै आएकोमा निवेदक समेतलाई पत्र पठाई सो आश्रम संचालन सम्वन्धमा चिसाखोला व्रम्हचर्याश्रम समेतको संचालन समवन्धी विषयमा पोखराका समाजसेवी, साहु महाजन, विद्वान वर्ग र आश्रमका पुजारी समेत वोलाई छलफल गरी उपर्युक्त मार्ग पहिल्याउने सम्वन्धमा मिति २०५०।११।२ मा पत्र पठाएको र छलफलबाट आश्रम संचालन सम्वन्धमा निर्णय गरी लामो समय देखिको विवाद सुल्झाउने प्रयास स्वरुप मार्ग पहिल्याउन सो पत्र वमोजिम निवेदक समेतको उपस्थितिमा विभिन्न निर्णयहरु भएको देखिन्छ । त्यो निर्णय कागजमा मेरो इच्छा विरुद्ध सही गराएको समितिलाई त्यस्तो कागज गराउने अधिकार नभएको भन्ने निवेदकको भनाई देखिन्छ । निवेदकलाई समितिले पत्र लेखि बोलाई अन्य व्यक्तिहरु समेत भै वैठक गरी निर्णय भएकोलाई इच्छा विरुद्धको कागज हो भनेको र कानून वमोजिम दर्ता भएको संस्थाले आफ्नो वैठक गरेको विषयलाई अनाधिकार भन्न नमिल्ने । (प्र.नं. २९) § संस्था दर्ता ऐन अन्तर्गत प्र.जि.अ.ले संस्था दर्ता गरेको विषयमा प्रस्तुत रिट परेको नभई दर्ता भएको संस्थाको वैठकको, जस्मा निवेदक स्वयंको सहभागीता सही समेत परेको छ लाई अवैध भन्न नमिल्ने । (प्र.नं. २९) § निवेदकले आश्रमलाई व्यक्तिगत संपत्तिको रुपमा प्रयोग गरी आएको कुरा रिट निवेदनको मागहरुबाट देखिन आउँदछ । व्रहम्चार्य आश्रमलाई यसरी व्यक्तिगत संपतिको रुपमा प्रयोग परी २०१७ सालको कवुलियत २०२३ सालको मालको निर्णय र अदालतको फैसला वमोजिमको कर्तव्य नगरेकोले आश्रम संचालन सम्वन्धमा नयां व्यवस्था गर्न परेको भन्ने लिखित जवाफबाट देखिन आउँदछ । उपरोक्तानुसार पत्र पठाई वोलाई आफै उपस्थित भै समितिको वैठक कितावमा सही समेत गरेपछि पुर्व फैसलाहरुले प्रदान गरेको हक दायित्व व्यवहारबाट परित्याग गरी नयां व्यवस्था गर्नमा सहमति भएको देखिन आएको हुँदा यस्तो अवस्थाको रिट जारी गर्न मुनासिव नदेखिने । (प्र.नं.२९)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 6357 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषणयुक्त प्रतिषेध |
| निर्णय वर्ष / मिति | 2053/11/29 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री लक्ष्मण प्रसाद अर्याल | माननीय न्यायाधीश श्री राजेन्द्रराज नांख्वा |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५४, नि.नं. 6357 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
