नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6361 · वि.सं. २०५४
नि.नं. 6361 — कुत दिलाई मोही निष्काशन गरी पाउँ ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ वादीको दावी र प्रतिवादीको जिकिरको दायराभित्र सिमित रही कानूनको उलंघन नहुने गरी मिलापत्र गर्ने अधिकार वादी प्रतिवादीसँग निहित रहने । (प्र.नं.१०) § मिलापत्र गर्दा वादीले दावी लिएको पुरै वाली छोडेरै पनि मिलापत्र गर्न सक्ने भएबाट एका सालको वालीमा मिलापत्र गर्दैमा वादीको उक्त वालिमा हकाधिकारै जान्छ भन्न नमिल्ने । (प्र.नं.१०) § एउटा सालको वाली मुद्दामा भएको मिलापत्रले अन्य सालका वाली विषयलाई समेत सान्दर्भिकता प्रदान गर्छ भन्न नमिल्ने । (प्र.नं.१०) § अन्य सालका वालीहरुलाई पनि असर पार्ने कुराको स्वीकारोक्ति यी वादीले उक्त मिलापत्रमा अभिव्यक्त गरी सकेका छन भनी प्रतिवादी पुनरावेदकले भन्न देखाउन समेत नसकेबाट केवल एउटा सालको वालीको मिलापत्रले भविष्यमा आउने अन्य वालीलाई समेत असर पार्छ भन्न नमिल्ने । ( प्र.नं.१० )
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 6361 |
|---|---|
| मुद्दाको विषय | कुत दिलाई मोही निष्काशन गरी पाउँ । |
| निर्णय वर्ष / मिति | 2053/07/20 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री गोविन्द वहादुर श्रेष्ठ | माननीय न्यायाधीश श्री हरि प्रसाद शर्मा |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५४, नि.नं. 6361 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
