नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6363 · वि.सं. २०५४

नि.नं. 6363 — डांका

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ अधिकार प्राप्त अधिकारी समक्ष सावित हुनेहरुले अदालतमा वयान गर्दा इन्कार भएका छन र निजहरुले वयानमा जिकिर लिए मुताविक धाउ जाँच फारामबाट निजहरुका शरीरमा धाउ चोट परेको देखिने भएबाट निजहरुको सो साविती स्वेच्छाले भएको रहेछ भनी मान्न नमिल्ने । (प्र.नं.३०) § दशि बरामद भएका १ जना प्रतिवादीको सम्वन्धमा कसुरदार ठहर भएको भएबाट डांका वारदात कायम भएको स्थिति देखिन्छ, तथापी वारदातमा को को र कतिजना थिए भन्ने सम्वन्धमा प्रत्येक प्रतिवादीका सम्वन्धमा निश्चित सबुद प्रमाण हुन आवश्यक देखिन्छ । केबल प्रहरी प्रतिवेदनमा प्रतिवादी बनाइएकै आधारबाट मात्र यी सवै वारदातमा थिए भन्न मिल्ने स्थिति नदेखिंने । (प्र.नं.३० ) § प्रत्येक प्रतिवादीका सम्वन्धमा तथ्ययुक्त र निश्चित प्रमाण वेगर निजहरुलाई कसुरदार ठहर्‍याउन नमिल्ने । ( प्र.नं.३० )

फैसलाको आधिकारिक विवरण

निर्णय नं.6363
मुद्दाको विषयडांका
निर्णय वर्ष / मिति2053/09/10
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री अरविन्दनाथ आचार्य | माननीय न्यायाधीश श्री नरेन्द्र वहादुर न्यौपाने
उद्धरण सन्दर्भने.का.प. २०५४, नि.नं. 6363
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्