नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6369 · वि.सं. २०५४

नि.नं. 6369 — घरमा आगो लगाई ज्यान मार्ने उद्योग ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ मुलुकी ऐन आगो लगाउनेको महलको ५ नं. मा ूअर्काको घरमा आगो लगाएमाू (यस महलको २ नं. वा ३ नं. ले सजाय हुने अवस्थाकोमा वाहेक) अरुमा आगो लगाउने र सो काममा मुख्य भै वचन दिने जतिलार्ई एकाघरको चार वर्ष र त्यसदेखि वढी घर एकको एक वर्षका दरले वढाई कैद गर्नु पर्छू भन्ने व्यवस्था गरेको पाइन्छ । प्रतिवादी दुतिराम चौधरीले अर्काको घरमा आगो नलगाई आफू समेत वस्ने एकासंगोलको घरमा आगो लगाएको र उक्त ५ नं. ले अर्काको घरमा आगो लगाएको भएमा मात्र सजाय हुने व्यवस्था गरेको देखिंदा प्रतिवादीले कसुर गरेको नठहर्‍याई अभियोगवाट सफाइ दिने ठहर्‍याएको पुनरावेदन अदालत दिपायल, मुकाम महेन्द्रनगरको फैसला मिलेकै देखिंदा वादी श्री ५ को सरकारको पुनरावेदन जिकिर पुग्न नसक्ने । (प्र.नं. १९)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.6369
मुद्दाको विषयघरमा आगो लगाई ज्यान मार्ने उद्योग ।
निर्णय वर्ष / मिति2053/10/01
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री ओमभक्त श्रेष्ठ | माननीय न्यायाधीश श्री केदारनाथ आचार्य
उद्धरण सन्दर्भने.का.प. २०५४, नि.नं. 6369
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्