नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6358 · वि.सं. २०५४
नि.नं. 6358 — वन्दी प्रत्यक्षीकरण
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ तारिखमा छाडीएका व्यक्ति र रिट निवेदकहरुका सम्वन्धमा तत्काल प्राप्त के कस्तो प्रमाणहरु थिए, ती प्रमाणहरुको विश्लेषण सहित परस्पर तुलना गरी निरोपण गर्ने जस्तो न्यायिक प्रकृया नियमित न्यायिक क्षेत्राधिकार वाहेक असाधारण क्षेत्राधिकार अन्तर्गत भित्र पर्न नसक्ने । (प्र.नं. ८) § प्रथम दृष्टिमानै तारिखमा छुटेका व्यक्ति र निवेदकको सम्वन्धमा तत्काल प्राप्त प्रमाण प्रत्यक्षतः उस्तै वा उही देखिंदैन भन्ने प्रमाणको विश्लेषणयुक्त समानता निरोपण गर्नु वन्दीप्रत्यक्षीकरणको रिटको परिधि वाहिर पर्न सक्ने । (प्र.नं.८) § निवेदकको जिकिर वमोजिम कानूनको प्रयोगमा भेदभाव भएको छ भन्ने भेदभावको स्थिति आफैमा प्रष्ट हुनु पर्ने । (प्र.नं.८) § प्रमाणको मूल्याकंनमा संभावित परिणामलाई लिएर नेपाल अधिराज्यको संविधानको धारा ११ प्रतिकूल भेदभाव गरी गैरकानूनी थुनामा निवेदकलाई राखिएको भन्नु स्वयंम विवादास्पद हुन जाने भएको र त्यस्तो नियमित अदालतको विचाराधिन विवादास्पद तथ्य्मा पुनरावेदन हेरे जस्तै वन्दीप्रत्यक्षीकरणको रिटबाट निरोपण गर्न नमिल्ने । (प्र.नं.८)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 6358 |
|---|---|
| मुद्दाको विषय | वन्दी प्रत्यक्षीकरण |
| निर्णय वर्ष / मिति | 2053/12/18 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय | माननीय न्यायाधीश श्री नरेन्द्र वहादुर न्यौपाने |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५४, नि.नं. 6358 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
