नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6373 · वि.सं. २०५४
नि.नं. 6373 — ज्यान मार्ने उद्योग
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ जाहेरवाला कटक वहादुरको घा जाँचको सम्वन्धमा स्वास्थ्य चौकी रामपुरको केश फाराममा ३५ दिनमा निको नहुने नीलडाम र लाठा ढुंगाको घाउ चोट परेको उल्लेख छ । त्यस्तै उदयपुर अस्पताल केश फराममा टाउकोमा १ह१र२, १र२ह१र४ काटेको घाउ दाहिने कानमा घाउ पिठमा नील डाम ३ वटा दाहिना हातमा चोट लागेको दुर्वै तिघ्रामा नीलडाम र घाटीमा चोट लागेको भन्ने व्यहोरा उल्लेख भई धार नभएको हतियार प्रयोग भई सामान्य प्रकारका घाइतेको स्थिति रहेको देखिन्छ यसरी दुवै घा जाँच फरामवाट घातक र धारीलो हतियारको प्रयोग भएको प्रमाणित भएको मान्न मिल्ने अवस्था नदेखिने । § १८ जनाको जमातले मार्ने नियत भइ घाउ चोट छोडेका भए निज जाहेरवाला कटक वहादुरको ज्यान वच्न सक्ने अवस्था रहने स्थिति छैन । मारौं भन्ने नियत लिई मर्नसम्मको काम गर्दा अवरोध हुन गएकोले ज्यान मर्न नपाएको भन्ने कुरा प्रमाणित देखिन आउदैन । यस्तो स्थितिको वारदातलार्ई ज्यान मार्ने उद्योगको वारदात कायम गर्न मिल्ने नदेखिंने । (प्र.नं. २९)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 6373 |
|---|---|
| मुद्दाको विषय | ज्यान मार्ने उद्योग |
| निर्णय वर्ष / मिति | 2053/12/13 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री केशव प्रसाद उपाध्याय | माननीय न्यायाधीश श्री इन्द्रराज पाण्डे |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५४, नि.नं. 6373 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
