नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6377 · वि.सं. २०५४

नि.नं. 6377 — जग्गा खिचोला चलन ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ श्री ५ को सरकारको कर्मचारी जहाँ जुन अवस्थामा वा पदमा खटिएपनि श्री ५ को सरकारको कर्मचारी रही रहने देखिने तथा वन पैदावर विकास समिति श्री ५ को सरकार वन तथा भू संरक्षण मन्त्रालय अन्तर्गतको समिति भन्ने देखिन आउँछ । मिसिल सामेल रहेको २०३३ साल आश्विन २५ गते प्रकाशित नेपाल राजपत्र भाग ३ खण्ड २६ मा प्रकाशित वन पैदावर विकास समिति (गठन) आदेश २०३३ को दफा ४ मा समितिको काम कर्तव्य र अधिकार भन्ने शिर्षक अन्तर्गत परियोजना कार्यान्वित गर्नु समितिको कर्तव्य हुनेछ भन्ने व्यवस्था देखिंदा परियोजनाले गर्ने कार्य वन पैदावर विकास समिति वन मन्त्रालयको रहेछ भन्ने देखिन आउछ । श्री ५ को सरकारका कर्मचारीले यस समितिको आदेश वमोजिम परियोजना कार्यान्वित गर्ने कार्यमा खटिएका अवस्थामा गरेको कार्य श्री ५ को सरकारको कर्मचारीको हैसियतवाट भएको भन्नु पर्ने अवस्था देखिएवाट आफ्नो कार्यालयको कामको सम्वन्धमा भए गरेको कुराका हकमा त्यस्ता कर्मचारीको बिरुद्ध अड्डामा नालिस गर्नु पर्दा मुलुकी ऐन अदालती वन्दोवस्तको २९(८) नं. तथा नेपाल निजामती सेवा ऐन, २०१३ को दफा १० वमोजिम सूचना दिई कारवाई चलाउनु पर्ने व्यवस्था देखिंदा प्रचलित कानून वमोजिम भए गरेको रहेनछ भन्न सकिने स्थिति देखिन आएन । (प्र.नं. ९) § सागरनाथ वन विकास परियोजनावाट च.नं. १७४७ मिति २०४७।७।९ मा जिल्ला वन कार्यालय सर्लाहीलार्ई लेखेको पत्र प्रतिलिपिवाट वृक्षारोपण गर्नु पुर्व झारी वुट्यान र फाटफुट रुख मात्र भएको कसैले जोत भोगको जग्गा समेत नभएकोले वृक्षारोपण गरिएको हो भनी उक्त क्षेत्रमा वादी दावी वमोजिमको जग्गाको सम्वन्धमा भई आएको तोक आदेश अनुसार मेन्टिनेन्स नापी शाखा सँग सम्पर्क राखी जग्गा छुट्याइ वांकी जग्गामा वृक्षारोपण गरेको भन्न सकेको देखिैन । नापी कार्यालयसँग सम्पर्क राखेको देखिंदैन । वृक्षारोपण गरेको हो भन्ने जवाफ दिएको देखिंदा र भई आएको नक्सा वमोजिम वादीको जग्गा रहे भएको देखिंदा सम्वन्धित कार्यालय एवं मन्त्रालयवाट लेखि आए अनुसार गरेको नदेखिंदा पुनरावेदन अदालतले लगाएको आधार वुँदावाट समेत परियोजनावाट वादीको जग्गामा घेरवेर एवं वृक्षारोपण समेत गरी खिचोला गरेको देखिंदा पुनरावेदन अदालत जनकपुरको फैसला मिलेकै देखिंदा मुनासिव ठहने । (प्र.नं. ९)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.6377
मुद्दाको विषयजग्गा खिचोला चलन ।
निर्णय वर्ष / मिति2053/11/19
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री लक्ष्मण प्रसाद अर्याल | माननीय न्यायाधीश श्री केदारनाथ आचार्य
उद्धरण सन्दर्भने.का.प. २०५४, नि.नं. 6377
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्