सर्वोच्च अदालत नजिर अभिलेख (ने.का.प.)

सर्वोच्च अदालतका ने.का.प. नजिर तथा सिद्धान्त सार सूची

निर्णय नं., मुद्दाको विषय वा शब्द राखी नेपाल कानून पत्रिका (NKP) का सार्वजनिक नजिर सार र इजलास विवरण हेर्नुहोस्।

कुल १०,५५३ नजिर अभिलेखमध्ये पृष्ठ १४५ / ४४०

नि.नं. 8058वि.सं. २०६६संयुक्त इजलास

उत्प्रेषणयुक्त परमादेश

§ संस्थाको कर्मचारी, मजदुर वा कामदार बस्ने घर बनाउन वा निजहरूको सुख सुविधाको अन्य बन्दोबस्त गर्न वा सर्वसाधारण जनताको हीत हुने कार्य र श्री ५ को सरकारको पूर्ण स्वामित्व भएको संस्थासित सम्बन्धित परियोजना संचालन गर्न वा त्यस्तो संस्थाको कारोवारसँग सम्बन्धित वा त…

नजिर सार पढ्नुहोस् →
नि.नं. 8057वि.सं. २०६६संयुक्त इजलास

निषेधाज्ञा

§ नेपालको कुनै पनि कानूनले कसैलाई मांसाहारी हुनवाट वन्देज लगाइएको वा कानूनले निषेध गरेको क्षेत्रभन्दा वाहेक अन्य स्थानमा मदिरा सेवन गर्न गराउन प्रतिवन्ध लगाएको नदेखिने । § कानूनबमोजिम इजाजत लिई सञ्चालन गरिएको होटल रेष्टुरेन्टमा माछा, मासु, मदिरा उपलव्ध गराउन न…

नजिर सार पढ्नुहोस् →
नि.नं. 8056वि.सं. २०६६संयुक्त इजलास

निषेधाज्ञा मिश्रित परमादेश

§ ऋण बुझाउने प्रथम दायित्व जसले ऋण लिन्छ उसैको हुन्छ । ऋणबापत लिएको धितो ऋण तिरिसकेपछि धितो दिनेलाई फिर्ता हुनुपर्ने । § ऋण लिने ऋणीले ऋण भुक्तानी गरे पछि सुरक्षणमा राखेको जग्गा ऋणको भुक्तानीपछि सो जग्गा जमानी दिने व्यक्तिलाई नै फिर्ता गर्नुपर्ने हुँदा बैंकको…

नजिर सार पढ्नुहोस् →
नि.नं. 8055वि.सं. २०६६संयुक्त इजलास

बन्दीप्रत्यक्षीकरण

§ न्यायिक मनको प्रयोग नभएको निर्णय कानून एवं न्यायका मान्य सिद्धान्त अनुकूल भन्न नमिल्ने । (प्रकरण नं.५) § नेपालको अन्तरिम संविधान, २०६३ को धारा १३५(२) ले यस संविधानमा अन्यथा लेखिएदेखि बाहेक कुनै अदालत वा न्यायिक अधिकारी समक्ष नेपाल सरकारको तर्फबाट मुद्दा चलाउ…

नजिर सार पढ्नुहोस् →
नि.नं. 8054वि.सं. २०६६संयुक्त इजलास

उत्प्रेषण समेत

§ मूल सम्झौताको पक्षहरू बीच भएको करार नै रद्द भएको अवस्थामा सह–सम्झौता गर्ने पक्षलाई हानि नोक्सानी भए जुन पक्षसँग सह–सम्झौता गरी सम्झौताअनुरुपको काम गरेको हो, सोही पक्षसँग हानि नोक्सानीमा दावी गर्नुपर्ने । (प्रकरण नं.६) § करारको पक्षसँग सह–सम्झौता गर्ने पक्षको…

नजिर सार पढ्नुहोस् →
नि.नं. 8053वि.सं. २०६६विशेष इजलास

संविधानसँग बाझिएको कानून अमान्य घोषित गरी परमादेश लगायत अन्य उपर्युक्त आदेश जारी गरिपाऊँ

§ शारीरिक वा मानसिक रुपले अशक्त व्यक्तिहरूलाई राज्यले विशेष व्यवस्था गर्र्नु भन्ने राज्यको नीति र सिद्धान्त हुने संवैधानिक व्यवस्था भएको सन्दर्भमा बहुलाएको व्यक्तिलाई कैद गर्ने व्यवस्था स्वेच्छाचारी मात्र होइन मौलिक हक समेतको बिपरीत हुँदा इलाज गर्नेको महलको नं…

नजिर सार पढ्नुहोस् →
नि.नं. 8052वि.सं. २०६६विशेष इजलास

नेपालको अन्तरिम संविधानको धारा ३२ र १०७(१)(२) बमोजिम उत्प्रेषणयुक्त परमादेशलगायतका उपयुक्त आदेश जारी गरिपाऊँ

§ संविधानको अभिभावकीय अभिभारा सर्वोच्च अदालतलाई बहन गराएको यो धारा १०७(१) को प्रयोग संविधानसंग अन्य कानून बाझिए नबाझिएको अवलोकन गर्ने अख्तियारी न्यायिक पुनरावलोकनसँग सम्बन्धित छ । यस अधिकारक्षेत्रको प्रयोग गर्दा धारा १०७(२) मा उल्लिखित वन्दीप्रत्यक्षीकरण, परमा…

नजिर सार पढ्नुहोस् →
नि.नं. 8051वि.सं. २०६६पूर्ण इजलास

उत्प्रेषण परमादेश समेत

§ छुट जग्गादर्ता सम्बन्धमा मुद्दा हेर्ने क्षेत्राधिकार रहेको निकायले सरकारका नाममा दर्ता भएको भन्ने मात्र आधारमा पेश भएका सबूद प्रमाणको मूल्याङ्कन नै नगरी निर्णय गर्न इन्कार गरेको कार्यलाई कानूनअनुकूलको कार्य भनी अर्थ गर्न नमिल्ने । § कानूनबमोजिम तोकिएको जिम्म…

नजिर सार पढ्नुहोस् →
नि.नं. 8050वि.सं. २०६६विशेष इजलास

— बन्दीप्रत्यक्षीकरणको आदेश जारी गरी गैरकानूनी थुनाबाट मुक्त गरिपाऊँ

§ निवेदनमा उठाइएका विवाद वा प्रश्नसँग सम्बन्धित विवादको निपटारा निमित्त आवश्यक ठहर गर्नुपर्ने सम्बद्ध कुराहरू बहसमा उठ्न नसक्ने हुँदैन । त्यस्ता निवेदनमा उठाइएका विषयसँग सम्बन्धित बहसमा उठाइएका कुराहरूलाई अदालतले विचार गर्नुपर्ने नै हुन्छ । अदालत प्रवेश गर्दा…

नजिर सार पढ्नुहोस् →
नि.नं. 8049वि.सं. २०६६विशेष इजलास

उत्प्रेषण समेत

§ काल्पनिक वा सम्भावनाका कुराहरू, गैरन्यायिक निरोपणका विषयहरू (Non-justiceable matters) लाई चर्चा वा लोकप्रियताकालागि वा बौद्धिक अभ्यासका लागि मात्र विवादको विषयवस्तु बनाई अदालतमा प्रवेश गराइए पनि त्यसमा अदालतले न्यायिक निर्णय दिन इन्कार गर्ने गरेको छ । यस्ता…

नजिर सार पढ्नुहोस् →
नि.नं. 8048वि.सं. २०६५संयुक्त इजलास

उत्प्रेषण परमादेश लगायत जो चाहिने उपयुक्त आज्ञा जारी गरिपाऊँ

§ अदालतले आफूसमक्ष परेको कुनै मुद्दामा वादी प्रतिवादीका बीच मुख नमिलेको र निर्णय गर्नुपर्ने विषयवस्तुका सम्वन्धमा आदेश गरी विभिन्न प्रमाणहरू बुझ्ने गर्दछ र सो प्रमाणहरूको विश्लेषण, परीक्षण एवं मूल्यांकनवाट विवादको निरुपण गर्ने गर्दछ । कुनै प्रमाण विवादको निरुप…

नजिर सार पढ्नुहोस् →
नि.नं. 8047वि.सं. २०६५संयुक्त इजलास

थुनुवा भगाएको

§ कारागार ऐन, २०१९ पश्चात बन संरक्षण (विशेष व्यवस्था) ऐन, २०२४ जारी भएको र पछि बनेको कानूनले बिशेष व्यवस्था गरी वनजंगल, वनपैदावार आदि नोक्सानी गर्न, हटाउन मनाही गरिएको कसूर गर्ने अभियोग लागी पुर्पक्षको निम्ति थुनामा रहेको थुनुवा भगाएको सम्बन्धमा मुद्दा हेर्ने…

नजिर सार पढ्नुहोस् →
नि.नं. 8046वि.सं. २०६५संयुक्त इजलास

अंश दर्ता चलन

§ पैत्रिक सम्पत्तिबाट कुनै पनि अंशियारलाई विमुख वा निरअंशी बनाउन नहुने मान्यता अंशवण्डासम्बन्धी प्रचलित कानूनले आत्मसात् गरेको देखिनुका साथै पैत्रिक सम्पत्तिको अंशियारहरू बीच नरम–गरम र रोखपोख मिलाई वण्डा गर्नुपर्ने भन्ने विषय अंशवण्डाको कानूनी दायराभित्र पर्ने…

नजिर सार पढ्नुहोस् →
नि.नं. 8045वि.सं. २०६५पूर्ण इजलास

अंश

§ सम्वन्धविच्छेद् नहुदै अशंतर्फको दावी अदालतसमक्ष प्रवेश भइसकेको देखिदा मुद्दा चल्दैमा सम्वन्धविच्छेद् हुने होइन, अन्तिम फैसलापश्चात् नै परिणामतः सम्वन्धविच्छेद भएको मान्नुपर्ने। § फैसला अन्तिम भएपछि नै कार्यान्वित हुने हुँदा पक्षहरूलाई बन्धनकारी हुने हो । त्य…

नजिर सार पढ्नुहोस् →
नि.नं. 8044वि.सं. २०६५विशेष इजलास

उत्प्रेषणयुक्त आदेशद्वारा संबिधानसंग बाझिएको कानून खारेज गरिपाऊँ

§ संविधानसभाको पहिलो वैठकबाट पारीत प्रस्तावमा संविधानको धारा १५९(२) बमोजिम गणतन्त्रको कार्यान्वयन गरी नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्यका रुपमा स्थापित गर्नुका साथै तत्कालीन राजाका सबै अधिकार, सुविधा र हैसियत समाप्त गरिएकाले पनि त्यसबाट निवेदकको…

नजिर सार पढ्नुहोस् →
नि.नं. 8043वि.सं. २०६५विशेष इजलास

उत्प्रेषण समेत

§ प्रत्यायोजित अधिकारअन्तर्गत गरिएको काम कारवाहीले प्रत्यायोजनको दायरा नाघ्न नहुंने। § सारवान विषय विधायिकी ऐनबाटै निर्देशित हुने र नियमावलीले केवल कार्यविधिगत पक्षमात्र समेट्ने अर्थात नियमावलीले सारवान नभई कार्यविधिगत विषयमा मात्र व्यवस्था गरेको हुने । (प्रकर…

नजिर सार पढ्नुहोस् →
नि.नं. 8042वि.सं. २०६५संयुक्त इजलास

जबरजस्ती करणी ।

§ पीडितलाई गाडीमा साथै लिई जाँदाका अवस्थामा पक्राउ परेको तथ्यलाई स्वीकार गरी बयान गरेको र साथमा लिई जानुपर्ने कारण दिन नसकेको अवस्थामा मौकामा अधिकारप्राप्त अधिकारीका समक्ष वारदातको क्रमवद्ध रुपमा उल्लेख गरी आरोपित कसूरमा सावित रही बयान गरेको अवस्थामा यसलाई स्व…

नजिर सार पढ्नुहोस् →
नि.नं. 8041वि.सं. २०६५संयुक्त इजलास

उत्प्रेषण, परमादेश, प्रतिषेध ।

§ प्रकाशित सूचना कसैलाई समावेश र कसैलाई वाहेक गर्ने उद्देश्यले प्रकाशित भएको भन्ने नदेखिएबाट शिक्षा मन्त्रालय छात्रवृत्ति शाखाबाट प्रकाशित सूचनाले उत्तीर्ण विद्यार्थीमध्ये निवेदकहरूको हकमा असमान व्यवहार गरी असर पारेको भन्न सकिने अवस्था नहुने । (प्रकरण नं.२) §…

नजिर सार पढ्नुहोस् →
नि.नं. 8040वि.सं. २०६५संयुक्त इजलास

वेलगती मोही लगत कट्टा ।

§ मोही कायम हुँदाका लिखत प्रमाणहरू मध्ये कुनै वा केहि लिखतको अनुपलव्धता कुनै जग्गाबाट मोहियानी हकको लगत कट्टा गर्ने आधार बन्न नसक्ने । (प्रकरण नं.५) § एकचोटि विधिवत मोही कायम भई रहेको जग्गामा मोही कायम भएका सम्बन्धित लिखत र आधार प्रमाणहरूलाई सुरक्षित ढंगले राख…

नजिर सार पढ्नुहोस् →
नि.नं. 8039वि.सं. २०६५संयुक्त इजलास

कर्तव्य ज्यान ।

§ Due Process पूरा र पालन गरी पुर्पक्ष गरिएको अभियुक्तको मुख हेरेर अ.वं.१८८ नं. प्रयोग गर्ने नभई सजाय घटाउँदा विभिन्न कुराहरू विचार गर्नु पर्ने । (प्रकरण नं.१२) § अ.वं. १८८ नं. प्रयोग गरी सजाय घटाउने राय व्यक्त गर्ने सामान्य नियम नभई यसको प्रयोग अपवाद हुने । (…

नजिर सार पढ्नुहोस् →
नि.नं. 8038वि.सं. २०६५संयुक्त इजलास

परमादेश

§ फौज्दारी कानूनको मुख्य उद्देश्य सामाजिक व्यवस्था Social Order को प्रत्याभुति गर्ने हुँदा समाजमा आपराधिक क्रियाकलाप हुन नदिन आवश्यक उपायहरू अपनाउनुका साथै घटित अपराधका कसूरदार– हरूलाई सवूद प्रमाणसहितको राज्यको Prosecution को अपेक्षा कानूनले गरेको हुने । § विध…

नजिर सार पढ्नुहोस् →
नि.नं. 8037वि.सं. २०६५संयुक्त इजलास

परमादेश ।

§ अन्य विषयहरू नियमित विद्यार्थीको हैसियतले फारम भरी उत्तिर्ण गरेको, निवेदकले मौका परीक्षाको फाराम भर्दा रजिष्ट्रेशन नम्वर (जुन नेपाल ल क्याम्पस मार्फत त्रि.वि.वि.ले जारी गरेको) परीक्षा फाराममा उल्लेख गरेको, परीक्षा फारममा क्याम्पसको नाम खुलाएको, निवेदकले अध्य…

नजिर सार पढ्नुहोस् →
नि.नं. 8036वि.सं. २०६५संयुक्त इजलास

मोहीबाट घडेरीको लागि जग्गा झिकी पाऊँ ।

§ साविकमै जग्गाधनीको नाउँमा घरवास भएको र मोही नै नरहेको वसोवासको लागि उपयुक्त रहेको अन्य जग्गाहरू समेत भएको अवस्थामा जग्गाधनीले साविकको घर सानो तथा नपुग भएको भनी जिकिर लिएकै आधारमा वसोवास गर्न घरवारीको लागि जग्गाधनीलाई विवादित मोही लागेको जग्गा नै झिक्नुपर्ने…

नजिर सार पढ्नुहोस् →
नि.नं. 8035वि.सं. २०६५

उत्प्रेषण ।

§ अर्न्तराष्ट्रिय महासन्धिहरूको पक्ष राष्ट्रको हैसियतले ती महासन्धिहरु अन्तर्गतको दायित्व निर्वाह गर्नु राज्यको कर्तव्य हुन आउने । (प्रकरण नं. ८) § लिङ्ग वा वैवाहिक स्थितिको आधारमा निवेदकलाई भेदभाव गरी नागरिकताको प्रमाणपत्र लिनवाट वञ्चित हुने गरी सिफारिश नदिने…

नजिर सार पढ्नुहोस् →