नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8054 · वि.सं. २०६६
नि.नं. 8054 — उत्प्रेषण समेत
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ मूल सम्झौताको पक्षहरू बीच भएको करार नै रद्द भएको अवस्थामा सह–सम्झौता गर्ने पक्षलाई हानि नोक्सानी भए जुन पक्षसँग सह–सम्झौता गरी सम्झौताअनुरुपको काम गरेको हो, सोही पक्षसँग हानि नोक्सानीमा दावी गर्नुपर्ने । (प्रकरण नं.६) § करारको पक्षसँग सह–सम्झौता गर्ने पक्षको सम्बन्ध सोही सह–सम्झौताका पक्षसँग मात्र हुने हुँदा मूल सम्झौताका पक्षबीच उत्पन्न विवादमा मूल सम्झौतामा पक्ष नै नरहेको मूल सम्झौतासँग असम्बन्धित पक्षलाई मूल सम्झौता सम्बन्धको विवाद समाधानार्थ मध्यस्थ नियुक्तिको माग गर्ने अधिकार रहन नसक्ने । (प्रकरण नं.७)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 8054 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण समेत |
| निर्णय वर्ष / मिति | 2065/07/25 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री मीनबहादुर रायमाझी | माननीय न्यायाधीश श्री रामकुमारप्रसाद शाह |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६६, नि.नं. 8054 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
