नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8046 · वि.सं. २०६५
नि.नं. 8046 — अंश दर्ता चलन
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ पैत्रिक सम्पत्तिबाट कुनै पनि अंशियारलाई विमुख वा निरअंशी बनाउन नहुने मान्यता अंशवण्डासम्बन्धी प्रचलित कानूनले आत्मसात् गरेको देखिनुका साथै पैत्रिक सम्पत्तिको अंशियारहरू बीच नरम–गरम र रोखपोख मिलाई वण्डा गर्नुपर्ने भन्ने विषय अंशवण्डाको कानूनी दायराभित्र पर्ने । § अंश पाएको जग्गा विक्री गरी बसाइ सरी गएको समेतको अवस्थामा अंशियारहरूको श्रीमती र छोराहरूले समेत स्वतन्त्र व्यवहार गरिसकेको अवस्थामा सबै प्रतिवादीहरूको लामो समयदेखिको आपसी व्यवहार खलवलिने गरी पुनःवण्डा गर्नु भन्दा हाल मृत्यु भइसकेको नाउँको पूरै सम्पत्तिबाट वादीले अंश पाउने ठहर गर्नु उचित र न्यायसम्मत नहुने । (प्रकरण नं.११)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 8046 |
|---|---|
| मुद्दाको विषय | अंश दर्ता चलन |
| निर्णय वर्ष / मिति | 2065/12/05 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री रामप्रसाद श्रेष्ठ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६५, नि.नं. 8046 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
