नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8045 · वि.सं. २०६५

नि.नं. 8045 — अंश

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ सम्वन्धविच्छेद् नहुदै अशंतर्फको दावी अदालतसमक्ष प्रवेश भइसकेको देखिदा मुद्दा चल्दैमा सम्वन्धविच्छेद् हुने होइन, अन्तिम फैसलापश्चात् नै परिणामतः सम्वन्धविच्छेद भएको मान्नुपर्ने। § फैसला अन्तिम भएपछि नै कार्यान्वित हुने हुँदा पक्षहरूलाई बन्धनकारी हुने हो । त्यसैले सम्वन्धविच्छेद् मुद्दा अन्तिम हुनुअघिको अवस्थामा अंश मुद्दाको दावी लिने हकदैया नरहेको भन्न नमिल्ने । (प्रकरण नं.४) § अंशवण्डाको क्रममा सगोलीय सम्पत्तिको अनुमान सम्वन्धमा अदालतवाट पहिलेदेखि हालसम्म स्थापित सिद्धान्तहरूले निश्चित विधीशास्त्रीय मान्यता नै विकसित हुन गएको अवस्था रहेकोले त्यस विषयमा द्विविधा वा अलमलमा पर्नु नपर्ने । (प्रकरण नं.८)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.8045
मुद्दाको विषयअंश
निर्णय वर्ष / मिति2065/12/06
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री खिलराज रेग्मी | माननीय न्यायाधीश श्री अवधेश कुमार यादव | माननीय न्यायाधीश श्री सुशीला कार्की | माननीय न्यायाधीश श्री अनूपराज शर्माबाट वादी दावी पुग्न नसक्ने ठहर भएको शुरु फैसला सदर गरेको पुनरावेदन अदालतको फैसला सदर गर्ने गरी व्यक्त भएको रायसँग सहमत हुन नसकेको हुँदा सर्बोच्च अदालत नियमावली २०४९ को नियम ३(१)   (क) बमोजिम प्रस्तुत मुद्दा पूर्ण ईजलास समक्ष पेश गर्नु भन्ने समेत व्यहोराको माननीय न्यायाधीश श्री रामप्रसाद श्रेष्ठको राय । | माननीय न्यायाधीश श्री राम प्रसाद श्रेष्ठको राय मनासिव ठहर्छ । वादी दावी नपुग्ने ठहर्‍याएको सुरुको फैसला सदर गरेको पुनरावेदन अदालतको फैसला सदर हुने ठहर्याएको माननीय न्यायाधीश श्री अनूपराज शर्माको रायसंग सहमत हुन सकिएन । अरुमा तपसिल बमोजिम गर्नु । | माननीय न्यायाधीश श्री राम प्रसाद श्रेष्ठको राय मनासिव ठहर भएको हुँदा प्रत्यर्थी प्रतिवादी जयबहादुरको नाउँ दर्ताको कि.नं.१९ को ०
मुद्दा नं.065-DF-023
उद्धरण सन्दर्भने.का.प. २०६५, नि.नं. 8045
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्