नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8039 · वि.सं. २०६५

नि.नं. 8039 — कर्तव्य ज्यान ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ Due Process पूरा र पालन गरी पुर्पक्ष गरिएको अभियुक्तको मुख हेरेर अ.वं.१८८ नं. प्रयोग गर्ने नभई सजाय घटाउँदा विभिन्न कुराहरू विचार गर्नु पर्ने । (प्रकरण नं.१२) § अ.वं. १८८ नं. प्रयोग गरी सजाय घटाउने राय व्यक्त गर्ने सामान्य नियम नभई यसको प्रयोग अपवाद हुने । (प्रकरण नं.१३) § अ.वं. १८८ नं को प्रयोग गरी सजाय घटाउदा अदालतले देहायका कुरा र अवस्थाहरू विचार पुर्‍याउनु पर्नेः क) ज्यान मर्न गएको कारण, अवस्था र परिस्थिति ख) अपराधको तयारी योजना तथा अभियुक्त र पीडितका बीच पूर्व रिसईवी, सम्वन्ध ग) अपराधमा संलग्न अभियुक्तहरूको संख्या घ) प्रयोग गरिएको हतियार ङ) मर्नेको शरीरमा देखिएको घाउचोट च) ज्यान मारिएको ठाउँ अवस्था घटनास्थल र समय छ) अभियुक्तको चरित्र तथा आपराधिक रेकर्ड उपरोक्त कुराहरूको अतिरिक्त देहायका कुराहरूलाई समेत अदालतले विचार पुर्‍याउनु पर्नेः क) मर्नेको आपराधिक रेकर्ड ख) मर्नेको आश्रीत परिवार ग) मर्नेको घरको परिवारको हैसियत घ) मर्नेको समग्र आर्थिक अवस्था (प्रकरण नं.१५) § सजाय घटाउनु पर्ने कारण र आधार चित्तमा के कसरी लाग्यो सो कुरा रायमा लेखिएमा मात्र माथिल्लो अदालतमा विचार गरिन सक्ने । (प्रकरण नं.१६) § सेना र प्रहरी जस्तो राष्ट्र र नागरिकको सुरक्षा गर्न हतियार सहित प्रदान गरेर राज्यले जिम्मेवारी प्रदान गरेको मानिसले मादक पदार्थ सेवन गरेर आफ्नो ओहदा पोशाक र पदको आडमा सरकारी कार्यको प्रयोगको लागि प्राप्त हतियार प्रयोग गरी एक सामान्य निशस्त्र नागरिकको हत्या गरेको जघन्य अपराधमा कैद सजायमा Leniency देखाउन पर्ने कुनै कारण नहुने । (प्रकरण नं.१८)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.8039
मुद्दाको विषयकर्तव्य ज्यान ।
निर्णय वर्ष / मिति2065/05/04
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री वलराम के.सी | माननीय न्यायाधीश श्री रामकुमारप्रसाद शाह
उद्धरण सन्दर्भने.का.प. २०६५, नि.नं. 8039
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्