नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8037 · वि.सं. २०६५
नि.नं. 8037 — परमादेश ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ अन्य विषयहरू नियमित विद्यार्थीको हैसियतले फारम भरी उत्तिर्ण गरेको, निवेदकले मौका परीक्षाको फाराम भर्दा रजिष्ट्रेशन नम्वर (जुन नेपाल ल क्याम्पस मार्फत त्रि.वि.वि.ले जारी गरेको) परीक्षा फाराममा उल्लेख गरेको, परीक्षा फारममा क्याम्पसको नाम खुलाएको, निवेदकले अध्ययन गरेको सम्वन्धित नेपाल ल क्याम्पसबाट समेत निवेदक नियमित विद्यार्थी भएको भनी सिफारिश गरेको अवस्थामा परीक्षा फाराममा नियमित वा प्राइभेट कुन विद्यार्थी हो भन्ने नखुलेको कारणले मात्रै प्राइभेट विद्यार्थीको रुपमा मौका परीक्षा दिएको भनी अर्थ गर्न न्यायोचित नहुने । § त्रि.वि.वि. संगठन तथा शैक्षिक प्रशासन सम्वन्धी नियम, २०५० को नियम २२६ को कुनै खण्डमा नियमित र अर्को कुनै खण्डमा प्राइभेट परीक्षार्थी भई परीक्षामा सम्मिलित भई तह पार गर्न पाइने छैन भन्ने व्यवस्था यस सन्दर्भमा आकर्षित हुन नसक्ने । (प्रकरण नं.३)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 8037 |
|---|---|
| मुद्दाको विषय | परमादेश । |
| निर्णय वर्ष / मिति | 2065/11/08 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री रामप्रसाद श्रेष्ठ | माननीय न्यायाधीश श्री शुशिला कार्की |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६५, नि.नं. 8037 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
