नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8047 · वि.सं. २०६५

नि.नं. 8047 — थुनुवा भगाएको

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ कारागार ऐन, २०१९ पश्चात बन संरक्षण (विशेष व्यवस्था) ऐन, २०२४ जारी भएको र पछि बनेको कानूनले बिशेष व्यवस्था गरी वनजंगल, वनपैदावार आदि नोक्सानी गर्न, हटाउन मनाही गरिएको कसूर गर्ने अभियोग लागी पुर्पक्षको निम्ति थुनामा रहेको थुनुवा भगाएको सम्बन्धमा मुद्दा हेर्ने निकाय र त्यस्ता अभियुक्त कसूरदार ठहरेमा सजाय समेतको व्यवस्था गरेको भएपछि कारागार ऐन, २०१९ ले गरेको व्यवस्था सामान्य व्यवस्थाको रुपमा रहन जाने भई वन संरक्षण ऐनकै प्रावधान आकर्षित हुने । (प्रकरण नं.३) § अदालतले वादी दावीमा सीमित रही निर्णय गर्नुपर्ने, वादी दावीभन्दा बाहिर गई निर्णय गर्दा अदालत स्वयंले वादीको स्थान ग्रहण गर्न पुग्दछ, जो हाम्रो न्यायिक परिपाटीको विपरीत हुन जाने। (प्रकरण नं.४)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.8047
मुद्दाको विषयथुनुवा भगाएको
निर्णय वर्ष / मिति2065/03/10
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ
उद्धरण सन्दर्भने.का.प. २०६५, नि.नं. 8047
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्