नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8040 · वि.सं. २०६५
नि.नं. 8040 — वेलगती मोही लगत कट्टा ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ मोही कायम हुँदाका लिखत प्रमाणहरू मध्ये कुनै वा केहि लिखतको अनुपलव्धता कुनै जग्गाबाट मोहियानी हकको लगत कट्टा गर्ने आधार बन्न नसक्ने । (प्रकरण नं.५) § एकचोटि विधिवत मोही कायम भई रहेको जग्गामा मोही कायम भएका सम्बन्धित लिखत र आधार प्रमाणहरूलाई सुरक्षित ढंगले राख्नु भूमिसुधार कार्यालयको कर्तव्य हुने । § जग्गाको स्वामित्व जब—जब परिवर्तन हुन्छ तब—तब नयाँ जग्गाधनीको सन्तुष्टिका लागि मोहीले आफु मोही कायम भएको लिखत प्रमाण प्रस्तुत गर्दै जाने कानूनी दायित्व मोहीको होइन । शुरुमा पहिला एक पटक मात्र मोही कायम हुँदा आफु मोही भएको प्रमाण मोहीले पुर्याउनु पर्ने । (प्रकरण नं.६) पुनरावेदक वादीः विद्वान अधिवक्ता श्री इश्वरी भट्टराई प्रत्यर्थी प्रतिवादीः
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 8040 |
|---|---|
| मुद्दाको विषय | वेलगती मोही लगत कट्टा । |
| निर्णय वर्ष / मिति | 2064/11/17 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री तपवहादुर मगर | माननीय न्यायाधीश श्री ताहिरअली अन्सारी |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६५, नि.नं. 8040 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
