सर्वोच्च अदालत नजिर अभिलेख (ने.का.प.)

सर्वोच्च अदालतका ने.का.प. नजिर तथा सिद्धान्त सार सूची

निर्णय नं., मुद्दाको विषय वा शब्द राखी नेपाल कानून पत्रिका (NKP) का सार्वजनिक नजिर सार र इजलास विवरण हेर्नुहोस्।

कुल १९६ नजिर अभिलेखमध्ये पृष्ठ ७ / ९

नि.नं. 10859वि.सं. २०७९संयुक्त इजलास

मानव बेचबिखन तथा ओसारपसार

कुनै कसुर नैतिक पतन देखिने फौजदारी अपराध हो होइन भन्ने कुराको निर्णय सम्बन्धित समाजमा तत्काल कायम रहेको नैतिक मूल्यको सन्दर्भमा गर्नुपर्ने । सधैँ र सबै परिस्थितिका लागि नैतिक पतन देखिने फौजदारी अपराधको सूची तयार गरी स्पष्टीकरण वा परिभाषा दिन सम्भव नदेखिने । नै…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10858वि.सं. २०७९संयुक्त इजलास

जबरजस्ती करणी उद्योग

अन्य कसुरको Afterthought statement र यौनजन्य हिंसामा हुने Afterthought statement लाई एउटै दृष्टिकोणबाट हेर्न नमिल्ने । जबरजस्ती करणीमा पीडितमाथि नै लाञ्‍छना लाग्ने र सामाजिक लाञ्‍छनाको डरले तत्कालै उजुरी गर्न नसक्ने अवस्थाहरू रहने भएकोले यस्तो अवस्थामा पीडितले…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10857वि.सं. २०७९संयुक्त इजलास

परमादेश

जुन ऐनमा संशोधन, खारेज, थपघट गर्नुपर्ने हो सोही ऐनमा नै गरिँदा तर्कसङ्गत, उपयुक्त र स्वाभाविक हुन्छ । एउटा ऐनको संशोधन सोही ऐनबाट नगरी अरू ऐनबाट गर्दा असहजता र जटिलता उत्पन्‍न हुन सक्छ तर त्यसको अर्थ त्यो असंवैधानिक नै भएको मान्‍नु तर्कसङ्गत नहुने । (प्रकरण नं…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10856वि.सं. २०७९संयुक्त इजलास

बन्दीप्रत्यक्षीकरण

एक आपसमा मिली कुनै कार्य गर्न वा नगर्न सहमत हुनु एक प्रकृतिको अवस्था हो भने सङ्गठित रूपमा हुने अपराधको प्रकृति फरक हुन्छ । कुनै अपराधमा आपराधिक कार्य गर्दा आफ्नो जानकारीमा रहेको वा जानकारी चिनजान नभए पनि पृष्‍ठभूमिमा रहेको कुनै व्यक्ति वा व्यक्तिहरूको आपराधिक…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10855वि.सं. २०७९संयुक्त इजलास

उत्प्रेषण परमादेशसमेत

दुवै कर्मचारीलाई एउटै वियषमा एकै पटक विभागीय कारबाही गरिएकोमा माथिल्लो तहको कर्मचारीलाई ग्रेडसम्म मात्र घटाउने तर तल्लो तहको कर्मचारीलाई सेवाबाट हटाउने जस्तो विशेष प्रकृतिको सजाय गर्ने बैंकको विभागीय कारबाहीमा असमान व्यवहार भएको देखिने । (प्रकरण नं.७) त्रुटि ग…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10854वि.सं. २०७९संयुक्त इजलास

अंश चलन

पति-पत्नी, बाबु-छोरासम्बन्धी नाता सम्बन्धका विवादमा DNA परीक्षण प्रतिवेदनलाई अन्य सबै प्रमाणहरूको तुलनामा सर्वाधिक निर्णायक (Conclusive) र एक मात्र अन्तिम प्रमाण मान्नुपर्दछ भन्ने अनिवार्यता रहेको देखिँदैन । यो एक सापेक्षिक कुरा हो । विविध प्रमाणहरूमध्ये DNA प…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10853वि.सं. २०७९संयुक्त इजलास

कर्तव्य ज्यान

वारदातस्थलबाट भाग्न सक्ने पर्याप्त समय र परिस्थिति हुँदाहुँदै भागेर आफ्नो ज्यान जोगाउने प्रयास गरेको नदेखिँदा आत्मरक्षाको लागि मृतकमाथिको प्रहार नै एक मात्र अन्तिम विकल्प थियो भन्न नमिल्ने । ९प्रकरण नं।८० पुनरावेदक र प्रतिवादीका तर्फबाट स् विद्वान् अधिवक्ता श्…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10852वि.सं. २०७९संयुक्त इजलास

मिलापत्र बदर

अंशजस्तो नैसर्गिक हक कुनै अंशियारले त्याग गर्दा सो त्याग गर्नुपर्ने आधार र कारण मनासिब, तर्कसङ्‍गत र न्यायपूर्ण देखिनुपर्ने । सगोलको कुनै पनि अंशियारले अंश मुद्दा दायर गरेपछि आफ्नो अंश हकको सम्पत्तिमा निर्भर रहने वा त्यस्तो मुद्दा दायर गर्ने व्यक्तिको हक हिस्स…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10851वि.सं. २०७९संयुक्त इजलास

जबरजस्ती करणी

जबरजस्ती करणी भएको अवस्थामा मात्र यौनाङ्गमा चोट देखिने, सहमतिको करणीमा नदेखिने भन्‍न नमिल्ने । जाहेरवाला र प्रतिवादीले सहमतिमा करणी भएको भनी जिकिर लिइरहेको अवस्थामा शारीरिक परीक्षण प्रतिवेदनमा करणी भएको देखिएकै आधारमा जबरजस्ती करणी भएको भनी निष्कर्षमा पुग्न नम…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10850वि.सं. २०७९संयुक्त इजलास

जबरजस्ती करणी

पीडितको सहमति मन्जुरीमा करणी लिनु दिनु गरेको भए पीडितलाई प्रतिवादीले रकम दिनुपर्ने प्रयोजन नरहने । रकम लिनु दिनु गरेको भन्‍ने कागजको बेहोराकै आधारमा सहमतिमा करणी भएको मान्‍न नसकिने । (प्रकरण नं.६)

नजिर सार पढ्नुहोस् →
नि.नं. 10849वि.सं. २०७९संयुक्त इजलास

कित्ताकाट निर्णय बदर दर्ता बदर हक कायम दर्ता चलन

ससीम कित्ता जग्गा बिक्री गरिसकेपछि पनि उक्त कित्ताको बढ जग्गामा बिक्रेताको नै अधिकार हुन्छ भनी दाबी गर्ने अधिकारलाई मान्यता दिँदै जाने हो भने क्रेताको उक्त जग्गामाथिको अधिकारमा समेत सदैव अन्योलताको स्थिति कायम रहिरहने । (प्रकरण नं.१३)

नजिर सार पढ्नुहोस् →
नि.नं. 10848वि.सं. २०७९संयुक्त इजलास

कर्तव्य ज्यान

घटना घटेको अवस्था र परिस्थिति मृतक तथा प्रतिवादीबिच पूर्वरिसइवीको अवस्था, वारदातको प्रकृति, प्रतिवादीको पूर्वआपराधिक चरित्र, अपराध घटाउने पूर्वतयारी, कसुरदारको उमेर तथा शारीरिक र पारिवारिक अवस्था सबै वा केही तत्त्वहरूको विद्यमानताको समग्र परिस्थितिलाई हेरी साब…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10847वि.सं. २०७९पूर्ण इजलास

उत्प्रेषणयुक्त परमादेश

पूर्ण देवानी दायित्वको विषयमा ऋणीको अंश अपुताली खाने हकदारले धन खाने ऋणको दायित्वबाट उन्मुक्ति पाउने भनी व्याख्या गर्नु लेनदेन व्यवहारको व्यवस्था प्रतिकूल हुने । (प्रकरण नं.८) बाबु आमा हुँदाहुँदै कुनै खास उपयुक्त कारणबाहेक नाबालकहरूको संरक्षक अन्य व्यक्ति हुन…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10846वि.सं. २०७९संयुक्त इजलास

बन्दीप्रत्यक्षीकरण

सामान्य कानूनले निर्धारण गरेको कसुरको सजायलाई विशेष ऐनले घटाएकोमा त्यस्तो कसुरमा हुने सजायलाई घटाएको हदमै बुझ्नुपर्ने । मुलुकी अपराध संहिता, २०७४ को दफा ३(च) को प्रावधानमा रहेको “कैद सजाय हुने कसुर” लाई बालबालिकाको सजाय निर्धारणका सन्दर्भमा हेर्दा बालबालिकासम्…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10845वि.सं. २०७९संयुक्त इजलास

अपुताली नामसारी दर्तासमेत

अपुतालीको सम्बन्धमा स्याहार सम्भार गर्ने व्यक्तिलाई नै मर्ने व्यक्तिको अपुताली खाने पहिलो हकदार मानिएको देखिन्छ । बाँचुन्जेल मर्ने व्यक्तिलाई स्याहार सम्भार नगर्ने तर मरेपछि मर्ने व्यक्तिसँग केवल नाता र हकदार हुनुको आधार देखाएर अपुतालीको सम्पत्ति दाबी गर्ने र…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10844वि.सं. २०७९संयुक्त इजलास

बन्दीप्रत्यक्षीकरण

मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५५ ले व्यवस्था गरेबमोजिम अदालतले कैदमा रहेको व्यक्तिलाई कैदबापत रकम बुझाई थुनामुक्त गर्न सक्‍ने प्रावधान त्यस्तो व्यक्तिको अधिकारको विषय (matter of right) नभई अदालतले उपयुक्तताका आधारमा स्वविवेकीय अधिकार (discretio…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10843वि.सं. २०७९संयुक्त इजलास

उत्प्रेषण

नियमित प्रक्रियाअन्तर्गत टुङ्गिएको विवादमा प्रस्ट रूपमा कानूनी त्रुटि (apparent error of law) नदेखिएको, क्षेत्राधिकारको उल्लङ्घन नभएको, बदनियतपूर्ण नदेखिएको, प्राकृतिक न्यायको सिद्धान्तको प्रतिकूल नभएको र कानूनको उचित प्रक्रियाको अवलम्बन भएको अवस्थामा पनि मातह…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10842वि.सं. २०७९संयुक्त इजलास

जबरजस्ती करणी

प्रतिवादीले लामो समयसम्म डर, धाकधम्की दिई जबरजस्ती करणी गरेको भन्‍ने उमेर पुगेकी जाहेरवालीले त्यति लामो समयसम्म पनि प्रतिवादीको उक्त कार्यको बारेमा कोही कसैलाई नभनेको र घटनाको बारेमा कतै सूचना दिने प्रयाससमेत नगरेको, कहीँकतै उजुरी नगरेको, प्रतिवादीसँग सहज रूपम…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10841वि.सं. २०७९संयुक्त इजलास

बन्दीप्रत्यक्षीकरण

प्रमाण मूल्याङ्कनको विषय रिट क्षेत्रबाट हेरिने अवस्था नभए पनि देखादेखी रूपमा नै जुन व्यक्तिले कागज गर्दा ठगीको कारोबारबारे आफूलाई थाहा नभएको भनी उल्लेख गरेका हुन्, निजैको कागजलाई तत्काल प्राप्‍त प्रमाणको रूपमा ग्रहण गरी थुनामा राख्‍ने आदेश गर्नुलाई सामान्य रूप…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10840वि.सं. २०७९संयुक्त इजलास

( अपहरण गर्ने र शरीर बन्धक लिने

अपहरण गर्ने र शरीर बन्धक लिने

केवल घरबाट फिरौतीबापत लिएको रूपैयाँको नम्बर मिलेको आधारमा मात्र अपहरण गर्ने र शरीर बन्धकको कसुरमा संलग्नता रहेको थियो भनी मान्न नसकिने । ९प्रकरण नं।८० वादीका तर्फबाट स् उपन्यायाधिवक्ता श्री दशरथ पंगेनी प्रतिवादीका तर्फबाट स् विद्वान्‌ वरिष्ठ अधिवक्ता श्री रजित…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10839वि.सं. २०७९संयुक्त इजलास

बन्दीप्रत्यक्षीकरण

कानूनले नै अन्य वयस्क कैदी बन्दीबाट अलग राख्‍नुपर्ने बालबालिकालाई १८ वर्ष पुगी युवा भएको भन्‍ने आधारमा कारागारमा पठाउन नमिल्ने । बालबालिकासम्बन्धी ऐन, २०७५ को दफा ३६ (३) र (४) मा रहेको जघन्य कसुरमा हुन सक्ने सजायलाई दृष्टिगत गर्दा कसुर गर्दाका अवस्थामा बालबालि…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10838वि.सं. २०७९संयुक्त इजलास

बन्दीप्रत्यक्षीकरण

१० वर्षदेखि १४ वर्षको उमेर समूहका बालबालिकालाई बालबालिकासम्बन्धी ऐन, २०७५ को दफा ३६ (२) ले अधिकतम ६ महिनासम्म कैद वा एक वर्षसम्म सुधार गृहमा राख्‍न सकिने भनेको अवस्थामा ऐ. ऐनको दफा २४(२) (क) मा वर्णित न्यायोचित आधार र कारण नखुलाई त्यस्तो उमेर समूहका बालबालिकाल…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10837वि.सं. २०७९संयुक्त इजलास

कर्तव्य ज्यान

चिकित्सकले शव परीक्षण गर्दा देखिएको शारीरिक अवस्थाको विवरणलाई विशेषज्ञको हैसियतले बकपत्र गर्दा उल्लेख गरेको विषयसम्म प्रमाणमा लिन सकिने । मृतकको मृत्यु कर्तव्यबाट भएको हो होइन भन्ने प्रश्‍नको निरूपण प्रमाणको मूल्याङ्कनबाट हुने विषय भएकाले कर्तव्यबाट मृत्यु भएक…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10836वि.सं. २०७९संयुक्त इजलास

अपहरण गरी जबरजस्ती करणी ।

कुनै कारण र आधार नखुलाई अमूर्त र हचुवा तवरबाट “न्यायको मकसद पूरा हुने” भनी फैसलामा लेखिँदैमा यसको औचित्य प्रमाणित हुन नसक्ने । (प्रकरण नं.१६) वस्तुगत, तार्किक र न्यायोचित आधारमा “न्यायको मकसद” पूरा भएको देखिनुपर्ने । कसुरको गम्भीरता बढाउने पर्याप्त र मनासिब आध…

नजिर सार पढ्नुहोस् →