नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10841 · वि.सं. २०७९

नि.नं. 10841 — बन्दीप्रत्यक्षीकरण

सिद्धान्त / नजिर सार (Headnote Summary)

प्रमाण मूल्याङ्कनको विषय रिट क्षेत्रबाट हेरिने अवस्था नभए पनि देखादेखी रूपमा नै जुन व्यक्तिले कागज गर्दा ठगीको कारोबारबारे आफूलाई थाहा नभएको भनी उल्लेख गरेका हुन्, निजैको कागजलाई तत्काल प्राप्‍त प्रमाणको रूपमा ग्रहण गरी थुनामा राख्‍ने आदेश गर्नुलाई सामान्य रूपमा हेर्न नसकिने । (प्रकरण नं.८) कानूनले अन्य विकल्पहरूको व्यवस्था गरिरहेको अवस्थामा ती विकल्पहरूको समुचित अभ्यास गर्नेतर्फ ध्यान दिई कसुरको गाम्भीर्यको विश्‍लेषण गरी अभियुक्तलाई थुनामा राख्‍नुपर्ने आधार र अपरिहार्यता सम्बन्धमा स्पष्‍ट हुनुपर्ने । वैयक्तिक स्वतन्त्रता व्यक्तिको अपूरणीय क्षतिको विषय हुँदा अपरिहार्य स्थितिमा मात्र व्यक्तिलाई थुनामा राख्नुपर्ने विकल्प रोज्नु कानूनको मनसाय रहेको देखिने । यान्त्रिक एवं गोश्वारा स्वरूपको आदेशको आधारमा कुनै व्यक्तिलाई थुनामा राखिरहनु अन्यायपूर्ण र विद्यमान कानूनको मर्मविपरीत हुने । (प्रकरण नं.९)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.10841
मुद्दाको विषयबन्दीप्रत्यक्षीकरण
निर्णय वर्ष / मिति2078/01/08
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश डा. श्री मनोजकुमार शर्मा
मुद्दा नं.०७६-WH-३०६ | ०७७-WH-०१४९
उद्धरण सन्दर्भने.का.प. २०७९, नि.नं. 10841
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्