नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10845 · वि.सं. २०७९
नि.नं. 10845 — अपुताली नामसारी दर्तासमेत
सिद्धान्त / नजिर सार (Headnote Summary)
अपुतालीको सम्बन्धमा स्याहार सम्भार गर्ने व्यक्तिलाई नै मर्ने व्यक्तिको अपुताली खाने पहिलो हकदार मानिएको देखिन्छ । बाँचुन्जेल मर्ने व्यक्तिलाई स्याहार सम्भार नगर्ने तर मरेपछि मर्ने व्यक्तिसँग केवल नाता र हकदार हुनुको आधार देखाएर अपुतालीको सम्पत्ति दाबी गर्ने र त्यस्ता सम्पत्तिमा हक प्राप्त गर्ने कुरा अपुतालीको मूल मकसदभन्दा बाहिर जाने । स्याहार सम्भार नगर्ने, आफ्नो कर्तव्य निर्वाह नगर्ने, तर मरेपछि केवल नाता हकदार देखाएर अपुतालीको सम्पत्ति प्राप्त गर्न खोज्नु स्वाभाविक मान्न नमिल्ने । (प्रकरण नं.१२)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 10845 |
|---|---|
| मुद्दाको विषय | अपुताली नामसारी दर्तासमेत |
| निर्णय वर्ष / मिति | 2078/05/13 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री तेजबहादुर के.सी. | माननीय न्यायाधीश डा. श्री मनोजकुमार शर्मा | माननीय न्यायाधीश श्री राजकुमार वन | माननीय न्यायाधीश श्री अनन्तराज डुम्रे |
| मुद्दा नं. | ०७५-CI-०१६३ | ०७५-CI-०२११ | ०७५-CI-०२६९ | ०७५-CI-०७६२ | ०६७-WO-०२२६ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७९, नि.नं. 10845 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
