नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10842 · वि.सं. २०७९

नि.नं. 10842 — जबरजस्ती करणी

सिद्धान्त / नजिर सार (Headnote Summary)

प्रतिवादीले लामो समयसम्म डर, धाकधम्की दिई जबरजस्ती करणी गरेको भन्‍ने उमेर पुगेकी जाहेरवालीले त्यति लामो समयसम्म पनि प्रतिवादीको उक्त कार्यको बारेमा कोही कसैलाई नभनेको र घटनाको बारेमा कतै सूचना दिने प्रयाससमेत नगरेको, कहीँकतै उजुरी नगरेको, प्रतिवादीसँग सहज रूपमा विभिन्‍न ठाउँमा घुम्न गई सँगै रातसमेत बिताएको समेतका घटनाक्रम तथा परिस्थितिबाट जाहेरवालाको जाहेरी बेहोरा तथा बकपत्र बेहोरालाई स्वाभाविक रूपमा लिन नमिल्ने । जबरजस्ती करणी मुद्दामा पीडित नै मुख्य साक्षीको रूपमा रहने भएका कारण निजको भनाइ महत्त्वपूर्ण हुने भए तापनि अकाट्‍य प्रमाण हुन नसक्ने । जाहेरी तथा बकपत्र बेहोरा विश्‍वसनीय र सामान्य नजरले हेर्दा स्वाभाविक पनि देखिनुपर्ने । जाहेरवालीले आफूलाई प्रतिवादीले जबरजस्ती करणी गरेको भन्दैमा सो कुरालाई अन्य स्वतन्त्र प्रमाणहरूबाट तथ्यगत रूपमा पुष्टि नभएसम्म सोको प्रमाणिक महत्त्व नरहने । पीडितको कथन स्वाभाविक तथा घटनाक्रमसँग सिलसिलावद्ध रूपले मेल खाने प्रकृतिको हुनुका साथै वस्तुनिष्ट रूपले समर्थित हुनुपर्ने । (प्रकरण नं.४)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.10842
मुद्दाको विषयजबरजस्ती करणी
निर्णय वर्ष / मिति2077/09/01
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री प्रकाशमान सिंह राउत | माननीय न्यायाधीश श्री पुरूषोत्तम भण्डारी | माननीय न्यायाधीश श्री अनन्तराज डुम्रे | माननीय न्यायाधीश श्री टेकनारायण कुँवर
मुद्दा नं.०७६-CR-१२६७
उद्धरण सन्दर्भने.का.प. २०७९, नि.नं. 10842
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्