नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10837 · वि.सं. २०७९

नि.नं. 10837 — कर्तव्य ज्यान

सिद्धान्त / नजिर सार (Headnote Summary)

चिकित्सकले शव परीक्षण गर्दा देखिएको शारीरिक अवस्थाको विवरणलाई विशेषज्ञको हैसियतले बकपत्र गर्दा उल्लेख गरेको विषयसम्म प्रमाणमा लिन सकिने । मृतकको मृत्यु कर्तव्यबाट भएको हो होइन भन्ने प्रश्‍नको निरूपण प्रमाणको मूल्याङ्कनबाट हुने विषय भएकाले कर्तव्यबाट मृत्यु भएको (homicidal) हो वा होइन भन्ने प्रश्‍न विशेषज्ञले राय दिने विषय नदेखिने । (प्रकरण नं.४) बकपत्रको बेहोरा प्रत्यक्षदर्शीबाट जानकारी पाएर लेखाएको नभई अनुमान एवं विश्वासका आधारमा मात्र लेखाएको देखिएमा र बकपत्रको बेहोरा मिसिल संलग्‍न अन्य स्वतन्त्र प्रमाणबाट समर्थित हुन नसकेमा त्यस्तो बकपत्रलाई प्रतिवादीहरूउपरको अभियोग ठहर गर्ने अकाट्य प्रमाणको रूपमा लिन नमिल्ने । (प्रकरण नं.५)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.10837
मुद्दाको विषयकर्तव्य ज्यान
निर्णय वर्ष / मिति2078/09/18
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री ईश्‍वरप्रसाद खतिवडा | माननीय न्यायाधीश श्री नहकुल सुवेदी
मुद्दा नं.०७३-CR-०५८२
उद्धरण सन्दर्भने.का.प. २०७९, नि.नं. 10837
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्