नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10836 · वि.सं. २०७९

नि.नं. 10836 — अपहरण गरी जबरजस्ती करणी ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

कुनै कारण र आधार नखुलाई अमूर्त र हचुवा तवरबाट “न्यायको मकसद पूरा हुने” भनी फैसलामा लेखिँदैमा यसको औचित्य प्रमाणित हुन नसक्ने । (प्रकरण नं.१६) वस्तुगत, तार्किक र न्यायोचित आधारमा “न्यायको मकसद” पूरा भएको देखिनुपर्ने । कसुरको गम्भीरता बढाउने पर्याप्त र मनासिब आधार तथा कारण विद्यमान रहेको अवस्थामा ऐनमा तोकिएको न्यूनतम् हदको सजाय हुने ठहर गरेर “न्यायको मकसद पूरा हुने” ठान्न नमिल्ने । “न्यायको मकसद पूरा हुन” कसुरको मात्रा र गम्भीरताअनुसार समानुपातिक सजाय तोकिनु आवश्यक हुने । “न्याय” एकापट्टि, “मकसद” अर्कैपट्टि हुन नहुने । हचुवा, स्वेच्छाचारी वा अमूर्त रूपमा न्यायको मकसद पूरा भएको ठान्न पनि नमिल्ने । (प्रकरण नं.१७) विधायिकाले कुनै कसुरमा हुने सजाय निर्धारण गर्दा “यतिदेखि यतिसम्म” भनी तजबिज प्रयोग गर्ने ठाउँ दिनुको तात्पर्य कसुर हुँदाका सबै अवस्था, घटनाक्रम र परिस्थिति पूर्वानुमान गर्न सम्भव नहुने र कसुरको मात्राअनुसार सजाय गर्नुपर्ने भएकाले न्यायकर्तालाई केही तजबिजी अधिकार प्रदान गरिएको हो । यसलाई विधायिकाले न्यायकर्ताप्रति विश्वास र भरोसा राखेको अर्थमा पनि बुझ्न सकिने । तजबिजी अधिकार भनेको स्वेच्छाचारी हुन छुट दिने कुरा होइन । कसुरको मात्राअनुसार सजाय गरिएन भने न्यायको अनुभूति नहुन पनि सक्तछ । यो दण्डहीनता (Impunity) सँग जोडिएको विषय पनि हो । कसुरको मात्राअनुसार सजाय नगरी अवाञ्छित र अतार्किक उदारता देखाउन पुगियो भने परिणामत: यसबाट दण्डहीनताले प्रस्रय पाउने । (प्रकरण नं.१८) अन्य कसुरबापत हुने ठहर भएको ठुलो खतको सजायमा अपहरणको कसुरबापत भएको कैद सजाय खापिने होइन, दुवै खतमा भएको सजाय जोडेर (थप गरेर) कुल सजाय असुल गर्नुपर्दछ भन्ने नै स्वाभाविक रूपमा अर्थ बोध हुने । (प्रकरण नं.२०) विधायिकाले ऐन तथा संहितामा नै स्पष्ट र किटानी रूपमा सजाय “थप हुने” भनी उल्लेख गरेको अवस्थामा अन्यथा तर्क-वितर्क गरेर कसुरदारलाई कानून प्रतिकूल हुने गरी सुविधा दिनु उचित नहुने । (प्रकरण नं.२१)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.10836
मुद्दाको विषयअपहरण गरी जबरजस्ती करणी ।
निर्णय वर्ष / मिति2078/10/24
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री ईश्वरप्रसाद खतिवडा | माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल | माननीय न्यायाधीश श्री दुर्गादत्त भट्ट
मुद्दा नं.०७३-CR-१४९१ | ०७३-CR-१५७०
उद्धरण सन्दर्भने.का.प. २०७९, नि.नं. 10836
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्