सर्वोच्च अदालत नजिर अभिलेख (ने.का.प.)

सर्वोच्च अदालतका ने.का.प. नजिर तथा सिद्धान्त सार सूची

निर्णय नं., मुद्दाको विषय वा शब्द राखी नेपाल कानून पत्रिका (NKP) का सार्वजनिक नजिर सार र इजलास विवरण हेर्नुहोस्।

कुल १०,५५३ नजिर अभिलेखमध्ये पृष्ठ ५० / ४४०

नि.नं. 10333वि.सं. २०७६संयुक्त इजलास

उत्प्रेषण / परमादेश

विद्यापरिषद्‌ स्थायी समिति जस्तो संस्थाले एक पटक विद्यार्थी भर्ना सम्बन्धमा सञ्चालन गरिने प्रवेश परीक्षाका लागि न्यूनतम योग्यता निर्धारण गरी सो सम्बन्धमा सूचनासमेत प्रकाशन गरिसकेपछि उक्त तोकिएको योग्यता पुगेको विद्यार्थीको समग्र मूल्याङ्कन नै नगरी आफ्नो निर्णय…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10332वि.सं. २०७६संयुक्त इजलास

जबरजस्‍ती करणी

घटनाको तत्कालै जाहेरी नपरेको भन्ने आधारमा मात्र कानूनले निर्धारण गरेको हदम्यादभित्र परेको जाहेरी दर्खास्तलाई अन्यथा भन्न नमिल्ने । (प्रकरण नं.५)

नजिर सार पढ्नुहोस् →
नि.नं. 10331वि.सं. २०७६संयुक्त इजलास

बन्दीप्रत्यक्षीकरण

कैद लागेको व्यक्ति र सो कैद असुलउपर गर्न पक्राउ परेको व्यक्ति एउटै व्यक्ति रहे भएको नदेखिएको अवस्थामा उनाउ व्यक्तिबाट भएको कसुरको सम्बन्धमा अन्य व्यक्तिलाई पक्राउ गर्दा निजको सं‌विधान प्रदत्त सम्मानपूर्वक बाँच्न पाउने हक र स्वतन्त्रताको हकको हकमा गम्भीर आघात प…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10330वि.सं. २०७६संयुक्त इजलास

परमादेश

सार्वजनिक हित वा सरोकारको विषय वा क्षेत्र यति नै हो भनेर सूचिकृत गर्न सकिँदैन । यो प्रत्येक विवादको तथ्यगत सन्दर्भमा निरूपण गरिने विषय देखिने । अदालतबाट निरूपण गरिने सार्वजनिक सरोकारको विवादको अर्थ लगाउँदा संविधान वा कानूनद्वारा प्रदत्त हक अधिकारको आधारमा अर्थ…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10329वि.सं. २०७६संयुक्त इजलास

परमादेश

अवकाश दिएको अवधिलाई स्वतः अमान्य गरी सेवामा पुनर्स्थापना गरेको पाइन्छ । अवकाश दिएको कार्यलाई अमान्य गरी अवकाश नपाएसरह सेवामा पुनर्स्थापना मानेर पुनर्बहाली गरेकोले त्यस्तो स्वेच्छाचारी किसिमले अवकाश दिएको अवधिलाई नोकरी टुटेको अवधि मान्‍न नमिल्ने । (प्रकरण नं.४)

नजिर सार पढ्नुहोस् →
नि.नं. 10328वि.सं. २०७६संयुक्त इजलास

बन्दीप्रत्यक्षीकरण

फरक फरक कसुरमा फरक फरक अनुसन्धान अधिकारीले अनुसन्धान गर्ने अवधिसमेत फरक फरक तोकिएको विषयमा एउटै अभियोगपत्रबाट एकै पटक अभियोजन हुनु पर्ने भन्‍ने तर्क उपयुक्त देखिन नआउने । (प्रकरण नं.६)

नजिर सार पढ्नुहोस् →
नि.नं. 10327वि.सं. २०७६संयुक्त इजलास

राज्य विरूद्धको अपराध

हातहतियार र विष्फोटक पदार्थको प्रयोग नगरी कुनै डर-त्रास वा आतङ्क बिना राजनीतिक विचारधाराको उद्देश्य पूर्तिका लागि जनताको स्वतःस्फूर्तरूपमा सहभागिता गराई अन्तर्क्रिया, कोणसभा, गोष्ठीमार्फत जनचेतना जगाई स्वयंसेवक दस्ता निर्माण र परिचालन, संगठन विस्तार र नमुना जन…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10326वि.सं. २०७६संयुक्त इजलास

बन्डापत्र बदर दर्ता बदर दर्तासमेत

अघिल्ला पुस्ताका अंशियारले आफ्नो अंश हक छुट्‍याउने नाममा अंश नलिने गरी वा अति कम सम्पत्ति लिई निजको सम्पत्तिमा हक लाग्ने सन्तानहरूको हक मेटिने परिणाम सिर्जना गर्न नमिल्ने । (प्रकरण नं.५)

नजिर सार पढ्नुहोस् →
नि.नं. 10325वि.सं. २०७६संयुक्त इजलास

दर्ता बदर दर्ता नामसारी

स्वबासी जग्गाको सम्बन्धमा अन्यथा प्रमाणित भएकोमा बाहेक भोगलाई नै स्वामित्व प्राप्त गर्न सक्ने मूल प्रमाणको रूपमा लिनुपर्ने । (प्रकरण नं.४)

नजिर सार पढ्नुहोस् →
नि.नं. 10324वि.सं. २०७६संयुक्त इजलास

जग्गा दर्ता

जग्गाको दर्तावाला व्यक्तिलाई सुनुवाइको मौका नै नदिई निजको नाममा दर्ता भइरहेको जग्गा गुठी कायम गर्ने गरी भएको निर्णय प्राकृतिक न्यायको सिद्धान्तअनुकूल देखिन नआउने । (प्रकरण नं.७)

नजिर सार पढ्नुहोस् →
नि.नं. 10323वि.सं. २०७६संयुक्त इजलास

भ्रष्टाचार (घुस / रिसवत)

विज्ञान र प्रविधिको सहायताले आफूसँग घुस रिसवत मागेको बोली बोलेको, फोन वार्तालाई रेकर्ड गरिएको र सोलाई प्रविधिको मद्दतले लिपिबद्ध गरी प्रमाणको रूपमा पेस गरेकोलाई न्याय निरूपण गर्दा महत्त्वपूर्ण प्रमाणकै रूपमा मूल्याङ्कन गर्नु पर्ने । (प्रकरण नं.८) रेकर्ड गरिएको…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10322वि.सं. २०७६पूर्ण इजलास

अबन्डाको सम्पत्ति बन्डा गरी चलनसमेत चलाई पाउँ

अंशबन्डा गर्दा केही जग्गा बन्डा गर्न बाँकी रहन सक्ने, अंशियारहरूबिचको व्यावहारिक तथा अन्य कारणले गर्दा बन्डा गर्नुपर्ने अवस्थाको सम्पत्ति बन्डा नगरी त्यसै राखिने अवस्था पनि हुन्छ । अंशबन्डाको ३५ नं. को व्यवस्था गर्नु पर्नाका कारण पनि बन्डा हुन बाँकी सम्पत्तिला…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10321वि.सं. २०७६पूर्ण इजलास

अबन्डा सम्पत्ति बन्डा गरी नामसारी गरिपाऊँ ।

अबन्डा सम्पत्ति बन्डा गरी नामसारी गरिपाऊँ

न्याय प्रशासन ऐन, २०७३ आउनुभन्दा अगाडि प्रचलनमा रहेको न्याय प्रशासन ऐन, २०४८ को दफा ११(२)(घ) मा दफा १२ बमोजिम दोहोर्‍याएको मुद्दामा पुनरावेदन अदालतको इन्साफ सदर भएको भन्ने व्यवस्था रहेको छ । यी सबै व्यवस्थाहरूले सर्वोच्च अदालतले उच्च अदालत वा पुनरावेदन अदालतबा…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10320वि.सं. २०७६पूर्ण इजलास

लागु औषध खैरो हिरोइन

पुनरावेदकीय क्षेत्राधिकारमा प्रारम्भिक क्षेत्राधिकारको विस्तार (Extension of Original Jurisdiction) हुने भएको कारण सुरू अदालतसरह माथिल्लो तहको अदालतले पनि आवश्यकताअनुसार सबुत प्रमाण बुझ्नेलगायतका कार्यविधि पूरा गरी निर्णय गर्न सक्ने र दोहोर्‍यार्इ हेर्ने निवेद…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10319वि.सं. २०७६संयुक्त इजलास

उत्प्रेषण / परमादेश

गोरखापत्रमा छपाएको सूचना स्वन्त्र तवरले पुष्टि हुन नसकेसम्म ‘सफाइ पेस गर्न लेखिएको पत्र सम्बन्धित कर्मचारीले नै पाएको हुनुपर्ने’ भनी विशेष कानूनले तोकिदिएको बाध्यात्मक कार्यविधिको पालना विभागीय सजाय गर्न पाउने अधिकारीले यस कारबाहीको क्रममा पूरा गरेको भनी मान्न…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10318वि.सं. २०७६संयुक्त इजलास

बन्दीप्रत्यक्षीकरण

पछिल्लो ऐनले नै अघिल्लो ऐनबमोजिम भए गरेका काम कारबाहीहरूलाई निरन्तरता दिएको अवस्था हुँदा अघिल्लो ऐनबमोजिम कसुर गरेको मानिने क्रियाकलापलाई अघिल्लो ऐन खारेज भइसकेको भन्‍ने आधारमा मात्र कसुरबाट उन्मुक्ति दिन नमिल्ने । (प्रकरण नं.२) सैनिक ऐनबमोजिमको कसुर हुने कार्…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10317वि.सं. २०७६संयुक्त इजलास

उत्प्रेषण / परमादेश

अवकाश भइसकेकाहरूको हकमा बढुवा सिफारिस बदर गर्नुको कुनै औचित्य हुँदैन । बढुवा भई हाल कार्यरत रहेकाहरूका हकमा बढुवा सिफारिस बदर गर्दा निजहरूलाई साबिक पदमा पदस्थापन गर्न, काम गर्न एवम् जिम्मेवारी बहन गर्न कठिनाई उत्पन्‍न हुने । राजप्रासाद सेवाबाट निजामती सेवामा प…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10316वि.सं. २०७६संयुक्त इजलास

निर्णय बदर

अमुक व्यक्ति वा पदाधिकारी जरिवानाको भागीदार छ वा छैन भनी हेर्दा उसले कानून उल्लङ्घन गर्ने नियत राखेको थियो वा थिएन, बेइमानी गरिएको थियो वा थिएन भन्ने होइन कि यथार्थमा कानूनको उल्लङ्घन भएको थियो वा थिएन, यसको प्रभाव कति गम्भीर छ भन्नेसम्म हेरी जरिवाना तोकिने ।…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10315वि.सं. २०७६संयुक्त इजलास

उत्प्रेषण / परमादेश

प्रमाण ऐन, २०३१ को दफा १४ बमोजिम नियमित रूपमा खाता, बही, हिसाब, किताब वा अन्य स्रेस्तामा जनिएको कुराहरूमा राजस्व प्रशासनको पहुँच वाञ्छनीय भएको र त्यसको खाताबही हिसाब आदि भौतिक रूपमा नराखी आफ्नो सुविधा एवं पारदर्शिताको लागि कुनै कम्प्युटर सफ्टवेयरको माध्यमबाट र…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10314वि.सं. २०७६संयुक्त इजलास

निर्णय बदर हक कायम

अदालतबाट घोषणा गरिएको हक निर्विवाद रूपले भोग चलन गरेको अवस्थामा सो फैसला कार्यान्वयन गराउन निवेदन नपरेकै कारणले मात्र सोमा उनाउ व्यक्तिको हक स्थापित हुन नसक्ने । अघिल्लो फैसलाद्वारा स्थापित हकलाई पछिल्लो फैसलाले मान्यता नदिएको अवस्थामा पछिल्लो फैसलालाई लोप गरी…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10313वि.सं. २०७६संयुक्त इजलास

उत्प्रेषण

बहुविवाहलाई नैतिक पतन देखिने फौजदारी कसुरको कोटीमा राखेको नदेखिँदा नैतिक पतन देखिने फौजदारी कसुर हो भनी मान्‍न मिल्ने नदेखिने । (प्रकरण नं.४)

नजिर सार पढ्नुहोस् →
नि.नं. 10312वि.सं. २०७६संयुक्त इजलास

कर्तव्य ज्यान

मृत्युकालीन घोषणा प्रमाणमा गाह्य हुनको निम्ति निश्चित सर्तहरू पूरा भएको हुनुपर्ने : क) मृत्युकालीन घोषणालाई प्रमाणको रूपमा पेस गर्दाको अवस्थासम्ममा सो घोषणा गर्ने व्यक्तिको मृत्यु भइसकेको हुनुपर्ने ख) घोषणा गर्ने व्यक्तिले आफ्नो मृत्युपूर्व घोषणा गरेको हुनुपर्…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10311वि.सं. २०७६संयुक्त इजलास

बाँध भत्काई भागबमोजिम पानी चलन ।

बाँध भत्काई भागबमोजिम पानी चलन

भाठाखोला र घोडमसान खोलासमेतको जलाधार क्षेत्र, दुवै खोलाको हिउँद र वर्षात्‌मा उपलब्ध हुने र हुनसक्ने पानी, पानी सञ्चयका सम्भावनालाई दृष्टिगत गर्दै योजनाबद्ध रूपमा गुरूयोजनासमेत निर्माण गरी दुवै खोलामा स्थायी बाँध निर्माण गरी के कति पानी किसानहरूले लगेका छन् सोक…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10310वि.सं. २०७६संयुक्त इजलास

जबरजस्ती करणी

अपराधका सम्बन्धमा समाजमा रहेको चेतनाको स्तर, आर्थिक सामाजिक परिवेश, पीडितलाई पुग्न जाने थप सामाजिक क्षति, पारिवारिक तथा सामाजिक प्रतिष्ठा, इज्जत तथा सामाजिक पृष्ठभूमि र संस्कारसमेतले असर गरेको हुने । (प्रकरण नं.९) पीडित पक्ष जाहेरवाला अदालतमा नआएको भन्दैमा स्प…

नजिर सार पढ्नुहोस् →