नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10317 · वि.सं. २०७६

नि.नं. 10317 — उत्प्रेषण / परमादेश

सिद्धान्त / नजिर सार (Headnote Summary)

अवकाश भइसकेकाहरूको हकमा बढुवा सिफारिस बदर गर्नुको कुनै औचित्य हुँदैन । बढुवा भई हाल कार्यरत रहेकाहरूका हकमा बढुवा सिफारिस बदर गर्दा निजहरूलाई साबिक पदमा पदस्थापन गर्न, काम गर्न एवम् जिम्मेवारी बहन गर्न कठिनाई उत्पन्‍न हुने । राजप्रासाद सेवाबाट निजामती सेवामा प्रवेश गराइएका कर्मचारीहरूको हैसियत नेपाल प्रशासन सेवाको सामान्य प्रशासन समूहमा कार्यरत अन्य कर्मचारीहरूसरह समान हुने । (प्रकरण नं.८) सम्मानजनक रूपमा निजामती सेवामा समाहित गर्ने कुरा स्वीकार गरिसकेपछि निजहरूले उपभोग गरिरहेको पूर्वऐन नियमले प्रत्याभूत गरेको सेवाका सर्तहरू निजामती सेवा ऐनको आधारभूत व्यवस्थाअनुकूल लागू हुने गरी व्यवहार गरिनु न्यायोचित र विवेकसम्मत हुने । (प्रकरण नं.९)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.10317
मुद्दाको विषयउत्प्रेषण / परमादेश
निर्णय वर्ष / मिति2076/06/05
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री अनिल कुमार सिन्हा | माननीय न्यायाधीश श्री प्रकाशमान सिंह राउत
मुद्दा नं.०७३-WO-०८२७ | ०७३-FN-०४४५ | ०७०-WS-०००५ | ०७३-WO-०१९८
उद्धरण सन्दर्भने.का.प. २०७६, नि.नं. 10317
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्