नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10315 · वि.सं. २०७६
नि.नं. 10315 — उत्प्रेषण / परमादेश
सिद्धान्त / नजिर सार (Headnote Summary)
प्रमाण ऐन, २०३१ को दफा १४ बमोजिम नियमित रूपमा खाता, बही, हिसाब, किताब वा अन्य स्रेस्तामा जनिएको कुराहरूमा राजस्व प्रशासनको पहुँच वाञ्छनीय भएको र त्यसको खाताबही हिसाब आदि भौतिक रूपमा नराखी आफ्नो सुविधा एवं पारदर्शिताको लागि कुनै कम्प्युटर सफ्टवेयरको माध्यमबाट राखिएको वा कानूनले त्यसरी लेखा राख्नु पर्ने बाध्यता भए त्यसमा प्रवेश गर्नु अपरिहार्य हुने । (प्रकरण नं.१०) असामान्य, अनपेक्षित वा कानूनको परिपालनाको प्रश्न उठेको विशेष अवस्थामा प्रयोग हुनेगरी गोपनीयता कायम राख्ने गरी राजस्व प्रशासनलाई जिम्मेवारी पूर्वक काम गर्ने प्रतिबद्धतासाथ बुझाइएको स्रोतको संकेत (सोर्स कोड) सम्बन्धी कार्यविधिको व्यवस्थाबाट त्यस्तो सफ्टवेयर वा स्रोतको संकेत (सोर्स कोड) को दुरूपयोग नभएसम्म त्यस्तो सफ्टवेयरको रचयिता सर्जकको संवैधानिक वा कानूनी हक हनन् हुने अवस्था नरहने । (प्रकरण नं.१२)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 10315 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण / परमादेश |
| निर्णय वर्ष / मिति | 2074/07/30 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश डा.श्री आनन्दमोहन भट्टराई | माननीय न्यायाधीश श्री अनिलकुमार सिन्हा |
| मुद्दा नं. | ०७३-WO-००८१ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७६, नि.नं. 10315 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
