नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10330 · वि.सं. २०७६
नि.नं. 10330 — परमादेश
सिद्धान्त / नजिर सार (Headnote Summary)
सार्वजनिक हित वा सरोकारको विषय वा क्षेत्र यति नै हो भनेर सूचिकृत गर्न सकिँदैन । यो प्रत्येक विवादको तथ्यगत सन्दर्भमा निरूपण गरिने विषय देखिने । अदालतबाट निरूपण गरिने सार्वजनिक सरोकारको विवादको अर्थ लगाउँदा संविधान वा कानूनद्वारा प्रदत्त हक अधिकारको आधारमा अर्थ लगाउनुपर्ने । (प्रकरण नं.२) संविधान वा कानूनद्वारा अदालतलाई प्रदान भएको अधिकार, न्यायिक कामको प्रकृति र सीमा तथा निरूपण गरिने विषयउपरको सार्वजनिक सम्बन्ध जस्ता कुराहरूको मूल्याङ्कन गरेर मात्र अदालतले सार्वजनिक सरोकारको विषयमा सुनुवाइ गरी न्याय निरूपण गर्नुपर्ने । (प्रकरण नं.३) पशुहरूलाई स्वच्छ र स्वस्थ वातावरणमा बस्न पाउने अवस्थाको सिर्जना गर्नु सबैको कर्तव्य हुने । भयमुक्त भएर स्वस्थ र शान्तिपूर्वक बाँच्न पाउने पशुपन्छीहरूको समेत अधिकार हुने । (प्रकरण नं.२८ र ३३) क्रूर, निर्दयी तथा अमानवीय व्यवहार रोकी पशुपन्छीहरूको हक अधिकार सुरक्षित गरी पशुपन्छीहरूको कल्याण गर्न नेपालमा पनि एउटा एकीकृत प्रभावकारी पशु कल्याण ऐन निर्माण गरी लागु गर्न आवश्यक भइसकेको देखिँदा निवेदन मागदाबीबमोजिम पशु कल्याण ऐन निर्माण गरी लागु गर्नुपर्ने । (प्रकरण नं.४६)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 10330 |
|---|---|
| मुद्दाको विषय | परमादेश |
| निर्णय वर्ष / मिति | 2075/10/28 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री मीरा खडका | माननीय न्यायाधीश श्री तेजबहादुर के.सी. |
| मुद्दा नं. | ०७५-WO-००५२ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७६, नि.नं. 10330 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
