नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10312 · वि.सं. २०७६
नि.नं. 10312 — कर्तव्य ज्यान
सिद्धान्त / नजिर सार (Headnote Summary)
मृत्युकालीन घोषणा प्रमाणमा गाह्य हुनको निम्ति निश्चित सर्तहरू पूरा भएको हुनुपर्ने : क) मृत्युकालीन घोषणालाई प्रमाणको रूपमा पेस गर्दाको अवस्थासम्ममा सो घोषणा गर्ने व्यक्तिको मृत्यु भइसकेको हुनुपर्ने ख) घोषणा गर्ने व्यक्तिले आफ्नो मृत्युपूर्व घोषणा गरेको हुनुपर्ने ग) घोषणा आफ्नो मृत्युको कारण वा परिस्थितिसँग सम्बन्धित हुनुपर्ने घ) घोषणा गर्ने व्यक्तिले आफू बाँच्न सक्छु कि भन्ने आशा त्यागिसकेको हुनुपर्ने ङ) मर्ने व्यक्तिले आफ्नो वास्तविक ज्ञानको आधारमा स्वेच्छिक रूपमा गरिएको घोषणा हुनुपर्ने च) मर्ने व्यक्तिले आफू होसमा हुँदा नै सो घोषणा गरेको हुनुपर्ने छ) घोषणा गर्ने व्यक्ति मानसिक रूपले सबल रहेको हुनुपर्ने ज) घोषणा गर्ने व्यक्तिले आफ्नो मृत्युको कारणको बारेमा एकभन्दा बढी फरक फरक घोषणा गरेको हुन नहुने झ) मृत्युकालीन घोषणा सुन्ने व्यक्ति अदालतमा साक्षीको रूपमा उपस्थित हुनको निम्ति योग्य हुनुपर्ने र ञ) मृत्युकालीन घोषणा मौकामा व्यक्त भई अदालतमा आएर पुष्टि गरिएको हुनुपर्ने । (प्रकरण नं.४) बकपत्रमा उल्लेख भएको मृत्युकालीन घोषणा मौकाको कागजातबाट पुष्टि हुन नसकेको अवस्था हुँदा सोलाई प्रमाणको रूपमा ग्रहण गर्न मनासिब नदेखिने । (प्रकरण नं.५)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 10312 |
|---|---|
| मुद्दाको विषय | कर्तव्य ज्यान |
| निर्णय वर्ष / मिति | 2075/05/21 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री ईश्वरप्रसाद खतिवडा | माननीय न्यायाधीश डा.श्री आनन्दमोहन भट्टराई |
| मुद्दा नं. | ०७२-CR-२१२५ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७६, नि.नं. 10312 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
