नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10321 · वि.सं. २०७६
नि.नं. 10321 — अबन्डा सम्पत्ति बन्डा गरी नामसारी गरिपाऊँ ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
न्याय प्रशासन ऐन, २०७३ आउनुभन्दा अगाडि प्रचलनमा रहेको न्याय प्रशासन ऐन, २०४८ को दफा ११(२)(घ) मा दफा १२ बमोजिम दोहोर्याएको मुद्दामा पुनरावेदन अदालतको इन्साफ सदर भएको भन्ने व्यवस्था रहेको छ । यी सबै व्यवस्थाहरूले सर्वोच्च अदालतले उच्च अदालत वा पुनरावेदन अदालतबाट भएको फैसला दोहोर्याई हेरेकोमा सो फैसला सदर भएको अवस्थामा मात्र पुनरावलोकनको निवेदन दिन नपाइने गरी स्पष्ट व्यवस्था गरेको देखिने । जिल्ला, पुनरावेदन तह र सर्वोच्च अदालतको फैसलामा एकरूपता नभएको अवस्थामा केही न केही कानूनी प्रश्न समावेश भएको हुन्छ र त्यस्तो विषयलाई सर्वोच्च अदालतको पूर्ण इजलासबाट हेरी निराकरण गर्नु आवश्यक हुन्छ भन्ने उद्देश्यका साथ उक्त कानूनी व्यवस्थाहरू भएको हो भनी अर्थ गर्दा तार्किक र न्यायपूर्ण हुन जाने । कानूनको व्याख्या गर्दा कानूनको उद्देश्य परिपूर्ति गरी खास उद्देश्य प्राप्तिको लागि बनेको खास व्यवस्था आकर्षित गर्दा जे परिणाम निस्कन्छ सोहीअनुरूप व्याख्या गरिनु पर्दछ । अन्य प्रयोजनका लागि बनेको खण्डमा गरिएको व्यवस्थालाई आधार मानी पक्षले प्राप्त गरेको न्यायिक उपचारको मार्गलाई संकुचित गर्नु न्याय र कानूनको मर्मविपरीत हुन जाने । (प्रकरण नं.२) हिसाब शान्ति भोग नभएको अवस्थामा पनि अबन्डा जग्गामा दाबी गर्न सकिने तर हदम्यादमा मात्र फरक पर्ने स्थिति देखिँदा लिखतमा अबन्डा गोश्वारा नलेखेकै कारणबाट मात्र कुनै सम्पत्ति अबन्डा गोश्वारा होइन भनी अर्थ गर्न नमिल्ने । अबन्डा भनी दाबी गरिएको सम्पत्ति बन्डा लाग्ने प्रकृतिको हो, होइन ? अंशियारबिचको व्यवहारबाट उक्त सम्पत्ति के कस्तो प्रकृतिको हो भन्ने आधारमा अबन्डा भए नभएको निष्कर्षमा पुग्नु न्यायोचित हुने । (प्रकरण नं.४)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 10321 |
|---|---|
| मुद्दाको विषय | अबन्डा सम्पत्ति बन्डा गरी नामसारी गरिपाऊँ । |
| निर्णय वर्ष / मिति | 2076/04/30 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री केदारप्रसाद चालिसे | माननीय न्यायाधीश श्री हरिकृष्ण कार्की | माननीय न्यायाधीश श्री अनिलकुमार सिन्हा | माननीय न्यायाधीश श्री प्रेमराज ढकाल | माननीय न्यायाधीश श्री जगदीश शर्मा पौडेल | माननीय न्यायाधीश श्री ओमप्रकाश मिश्र | माननीय न्यायाधीश श्री तेजबहादुर के.सी. |
| मुद्दा नं. | ०७५-NF-००३५ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७६, नि.नं. 10321 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
