सर्वोच्च अदालत नजिर अभिलेख (ने.का.प.)

सर्वोच्च अदालतका ने.का.प. नजिर तथा सिद्धान्त सार सूची

निर्णय नं., मुद्दाको विषय वा शब्द राखी नेपाल कानून पत्रिका (NKP) का सार्वजनिक नजिर सार र इजलास विवरण हेर्नुहोस्।

कुल १९६ नजिर अभिलेखमध्ये पृष्ठ ५ / ९

नि.नं. 10907वि.सं. २०७९संयुक्त इजलास

जबरजस्ती करणी

प्रतिवादीहरू नाबालिग भएको कारण अर्को पीडित नाबालिगलाई क्षतिपूर्ति नभराउने हो भने समानताको हक प्रतिकूल भई पीडितलाई अन्याय पर्न जाने । प्रतिवादीहरू नाबालिग भएको कारण क्षतिपूर्ति भर्नु नपर्ने भन्‍ने जबरजस्ती करणीको महलमा उल्लेख भएकोसमेत नपाइने । बालबालिकासम्बन्धी…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10906वि.सं. २०७९संयुक्त इजलास

उत्प्रेषणयुक्त परमादेशसमेत

कुनै व्यक्तिको जन्म हुँदा निजका बाबु वा आमा नेपालको नागरिक रहेछ भने त्यस्तो व्यक्ति वंशजको नाताले नेपालको नागरिक हुने छ भनी उल्लेख भइरहेको परिप्रेक्ष्‍यमा नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक पारित नभएसम्म भन्‍ने कारण देखाई निवेदकहरूलाई नागरिकत…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10905वि.सं. २०७९संयुक्त इजलास

उत्प्रेषणसमेत

विद्यार्थीको हकहितको आवरणमा कलेजले गरेको बेरित वा गैरकानूनी भर्नालाई सदैव वैधानिकताको आवरण दिनु उचित नहुने, यस्तो अनियमित वा गैरकानूनी कार्य गर्न शिक्षण संस्था अग्रसर हुन्छ भने त्यसको परिणाम त्यस्ता सम्बन्धित संस्थाले तथा जानीजानी त्यस्तो कार्यमा संलग्न हुन्छन…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10904वि.सं. २०७९संयुक्त इजलास

उत्प्रेषणसमेत

भारतले न्युयोर्क महासन्धिमा आरक्षण (Reservation) राखेको, पारस्परिकताको हैसियत प्राप्त गर्न भारतीय कानूनमा नै आधिकारिक राजपत्रमा सूचीकृत गरिनुपर्ने व्यवस्था रहेको र सोही कानूनी व्यवस्थाअनुसार भारतीय अदालतहरूले व्यवहार गरेको देखिएको, भारतको कानूनी व्यवस्थाले नेप…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10903वि.सं. २०७९संयुक्त इजलास

उत्प्रेषण / परमादेश

जात, जाति, भाषा, धर्म, सम्प्रदाय, लिङ्ग वा यस्तै असङ्गत कुराका आधारमा अन्यथा आग्रह, पूर्वाग्रह वा कुनै अनुचित अभीष्ट राखेर स्वेच्छाचारी तबरबाट निर्णय गरिएको अवस्थामा बाहेक सामान्यतया: स्थानीय सरकारको तहबाट कानूनको दायराभित्र रही भए-गरिएका विकास निर्माण वा जनस्…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10902वि.सं. २०७९संयुक्त इजलास

उत्प्रेषणसमेत

एकै तहमा पनि फरक फरक पदनाममा रहेर गर्नुपर्ने कार्य विवरण फरक हुन सक्ने । कर्मचारीले आफ्नो कार्य सम्पादनको सिलसिलामा स्तरवृद्धि भई प्राप्त गरिसकेको पदलाई जुनसुकै कारण र बेहोराले पनि फरक पर्ने गरी समायोजन गरिँदा निजले गर्नुपर्ने कार्य प्रकृतिमा फरक मात्र पर्ने न…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10901वि.सं. २०७९संयुक्त इजलास

जग्गा खिचोला मेटाई चलन चलाई पाऊँ ।

वृद्धावस्थाको महिला आफैँ जग्गा आवाद गर्न सक्ने अवस्थामा नरही सोजग्गा उपभोग गर्ने निजको एकाघरको छोराउपर परेको फिरादलाई अन्यथा मान्‍न नमिल्ने । (प्रकरण नं.७)

नजिर सार पढ्नुहोस् →
नि.नं. 10900वि.सं. २०७९संयुक्त इजलास

जबरजस्ती करणी

प्रतिवादीले पीडितको शरीरमा कहीँकतै कोतरिएको छैन भनी पीडितसँग करणी भएको भए निजको शरीरमा सङ्घर्षका चिह्न हुनुपर्ने हो भन्‍नेतर्फ सङ्केत गरेको अवस्थामा पीडित अवोध नाबालिगले प्रतिवादीउपर प्रतिकार गर्न सक्ने अवस्था नै नआउने हुँदा शरीरमा चिथोरिएको कोतरिएको प्रमाणको…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10899वि.सं. २०७९संयुक्त इजलास

जबरजस्ती चोरी

दुई जना प्रतिवादीहरू मिली संयुक्तरूपमा गरेको चोरीको कसुरमा जो जससँग जे बरामद भएको छ त्यतिको मात्र बिगो कायम गरी सोबमोजिम जरिवाना गर्न नमिल्ने । दुई जना मिली वारदात गरेको पुष्टि भएपश्‍चात् दुई जनासँगबाट बरामद भएका वस्तुहरूमा दुवै जनाको दायित्व कायम गरी सजाय निर…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10898वि.सं. २०७९संयुक्त इजलास

दूषित नामसारी दर्ता बदर

बेपत्ता हुनेको नाममा दर्ता भएको जग्गा हक पुग्नेले दर्ता गर्न हकवाला सबैको सहमति हुनुपर्नेमा अन्यथा नहुने तर जग्गा भोगचलन गरिरहेको व्यक्तिले आफूले अटुट रूपमा भोगचलन गर्ने दूषित मनसायका साथ सहमति दिएन भने त्यस अवस्थामा उक्त जग्गा हकवालाहरूबिच भागबण्डा गरिदिनुपर्…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10897वि.सं. २०७९संयुक्त इजलास

चोरी

कुनै वस्तुको मूल्य कुनै चरणमा नखुलेको अवस्थामा सोको चलन चल्तीको बजार मूल्यलाई आधार लिनुलाई स्वाभाविक मान्न सकिएला तर कुनै चरणको मूल्य स्पष्ट खुलेको अवस्थामा सो चरण पार गरी अर्को चरणमा प्रवेश नभएसम्म सो चरणको खुलेको मूल्यलाई नमानी बजार मूल्य यति रहेको वा रहन सक…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10896वि.सं. २०७९पूर्ण इजलास

बन्दीप्रत्यक्षीकरणसमेत

मुलुकी फौजदारी कार्यविधि संहिता,२०७४ को दफा १५५ को उपदफा (१) को कानूनी व्यवस्थामा उल्लिखित कसुरदारको उमेर, कसुरको गम्भीरता, कसुर गरेको तरिका, आचरण र निजलाई छोड्दा सार्वजनिक शान्ति, कानून र व्यवस्थामा खतरा पुग्ने नपुग्ने एवम् त्यस्तो कसुरदारलाई कारागारमा राख्‍न…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10895वि.सं. २०७९संयुक्त इजलास

अपहरण गरी सामूहिक जबरजस्ती करणी

मासिक रक्तस्राव भएको बेला भएको सामूहिक जबरजस्ती करणी थप पीडादायिक अवस्था हो । मासिकस्रावको बेला पीडितको शारीरिक अवस्था तथा प्रतिरोधात्मक क्षमता कमजोर रहने हुँदा यसलाई सजाय बढाउने तत्त्व विद्यमान रहने अवस्थाका रूपमा हेरिनुपर्ने । यस्तो अवस्थामा वीर्य योनिमा नरह…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10894वि.सं. २०७९संयुक्त इजलास

वैदेशिक रोजगार कसुर

परिस्थितिजन्य प्रमाणबाट कसुर पुष्टि भएको हो कि भन्नलाई फौजदारी कसुरमा परिस्थितिजन्य प्रमाणको विवेचना गर्नुपर्दा तथ्यका प्रत्येक कडी एकआपसमा आवद्ध र अन्योन्याश्रित भएको हुनुपर्ने र तथ्यको कुनै एक कडीको पनि अनुपस्थिति भएमा सो प्रमाण खण्डित भएको मान्नुपर्ने । (प्…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10893वि.सं. २०७९संयुक्त इजलास

उत्प्रेषण

सरकारी कोषबाट सुविधाहरू प्राप्त गरिरहेका निर्वाचित पदाधिकारीहरू पनि लाभको पद धारणा गरेका व्यक्तिहरू होइनन् भन्‍न नमिल्ने । राज्यको सर्वसञ्चित कोषबाट सुविधा प्राप्त गरेका व्यक्तिहरूले त्यही पारिश्रमिक र सुविधाहरू प्रयोग गरेर निर्वाचनमा उम्मेदवार भई चुनावमा प्रत…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10892वि.सं. २०७९संयुक्त इजलास

मानव बेचबिखन तथा ओसारपसार

कुनै महिलाले आफूलाई कसैले बेच्यो भनी जाहेरी दिई सोहीअनुरूप बयान प्रमाणित गराएकै भरमा निजको सो कथनलाई समर्थन गर्ने अन्य प्रमाण नहेरिने हो भने मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को दफा ६ को कानूनी प्रावधानको दुरूपयोग हुन सक्ने भएकाले उक्त प्रावधानलाई…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10891वि.सं. २०७९संयुक्त इजलास

लागु ‌औषध (खैरो हेरोइन)

लागु औषधसम्बन्धी अपराधमा प्रमाण पुर्‍याउने भार अभियुक्तमा निहित छ भन्दैमा सबै मुद्दामा वादी पक्षले प्रमाण जुटाउन पर्दैन भन्‍ने ऐनको मनसाय होइन । मिसिल संलग्‍न प्रमाणहरूबाट प्रतिवादी निर्दोष देखिने स्थिति छ भने सोको विरूद्ध आफूले लगाएको अभियोग प्रमाणित गर्न प्र…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10890वि.सं. २०७९संयुक्त इजलास

भ्रष्टाचार (घुस रिसवत)

कर्मचारीबाट रकम बरामद गरिएको देखाउँदैमा भ्रष्टाचार जस्तो गम्भीर कसुर स्थापित भइहाल्ने पनि होइन । कसैलाई भ्रष्टाचारी ठहर गर्न उक्त व्यक्तिले घुस खाने मनसाय राखेको थियो, त्यसअनुसार घुस रकम माग गरेको थियो र स्वेच्छाले रकम बुझेको थियो भन्‍ने पुष्टि हुनुपर्ने । (प्…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10889वि.सं. २०७९संयुक्त इजलास

उत्प्रेषण

ऐतिहासिक एवम् पुरातात्विक सम्पदाहरू इतिहाससँग राष्ट्रको अतीत जोडिएको हुने र यस्ता सम्पदाहरू एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण हुने र तिनमा जनताको भावनात्मक सम्बन्ध पनि गाँसिएको हुन्छ । यस्ता सम्पदा एक व्यक्ति वा निकायसँग सरोकार राख्‍ने नभएर समूह, समुदाय,…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10888वि.सं. २०७९संयुक्त इजलास

परमादेश

मन्त्रिपरिषद्‌को निर्णयबाट प्रदान गरिएको अख्तियारीअनुसार साबिकदेखि पारिश्रमिक भुक्तानी भई आएको अवस्थामा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदनमा हचुवा तवरबाट सुझावको रूपमा उल्लेख गरिएको बेहोरालाई हेरेर नियमित रूपमा भुक्तानी दिई आएको कार्यमा हठात्…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10887वि.सं. २०७९संयुक्त इजलास

उत्प्रेषण

समायोजन हुन चाहना गरी प्राथमिकताक्रम उल्लेख गरेकोमा सोबमोजिम हुन्छ भन्ने अपेक्षा कर्मचारीमा हुने । एक पटक समायोजन हुने स्थान किटान गरी निर्णय भइसकेको स्थितिमा सो समायोजनविपरीत अर्को स्थानमा पठाउने निर्णय गरिनु कानूनको भावनाअनुकूल नहुने । (प्रकरण नं.७)

नजिर सार पढ्नुहोस् →
नि.नं. 10886वि.सं. २०७९संयुक्त इजलास

जबरजस्ती करणी

मुलुकी ऐन, जबरजस्ती करणीको महलको १ नं. को स्पष्टीकरण (ग) अनुसार योनिमा लिङ्ग आंशिकरूपमा मात्र पसेको भए पनि जबरजस्ती करणी प्रयोजनका लागि कार्य पूरा भएको मान्नुपर्ने कानूनी व्यवस्था रहेकोले र योनिको बाहिरी भाग labia majora र भित्री भाग labia minora सम्म पनि लिङ्…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10885वि.सं. २०७९संयुक्त इजलास

बन्दीप्रत्यक्षीकरण, उत्प्रेषण तथा परमादेश

ठगी मुद्दामा भएको कैदको सजायसमेतलाई समावेश गरी कैद र जरिवाना दुवै भएकोमा मुलुकी ऐन दण्ड सजायको दफा ३८(२) र मुलुकी अपराध संहिता, २०७४ को दफा ४६(२)(ख) आकर्षित हुन नसक्ने अर्थ गरी मुलुकी ऐन दण्ड सजायको ३८(१) र मुलुकी अपराध संहिताको दफा ४६(२)(क) अनुसार जरिवानाबापत…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10884वि.सं. २०७९संयुक्त इजलास

परमादेश

आफ्नी आमाका नाममा नेपाल सरहदभित्र दर्ता रहेको जग्गा आमाको मृत्युपश्‍चात् हकवालाको हैसियतले जग्गा दर्ता गर्न नसके तापनि कुनै नेपाली नागरिकलाई बिक्री गर्न वा कुनै प्रकारले हक हस्तान्तरण गर्न सक्ने नै देखिँदा अदालतको फैसलासमेतबाट हक प्राप्‍त गरेको दाबीको जग्गाको…

नजिर सार पढ्नुहोस् →