नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10892 · वि.सं. २०७९
नि.नं. 10892 — मानव बेचबिखन तथा ओसारपसार
सिद्धान्त / नजिर सार (Headnote Summary)
कुनै महिलाले आफूलाई कसैले बेच्यो भनी जाहेरी दिई सोहीअनुरूप बयान प्रमाणित गराएकै भरमा निजको सो कथनलाई समर्थन गर्ने अन्य प्रमाण नहेरिने हो भने मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को दफा ६ को कानूनी प्रावधानको दुरूपयोग हुन सक्ने भएकाले उक्त प्रावधानलाई एकतर्फीरूपमा पीडित भनी जाहेरी दिने वा बयान प्रमाणित गराउने सन्दर्भमा मात्र नहेरी अपराध घटे नघटेको, आरोपित प्रतिवादीले अपराध गरेको प्रमाण रहे नरहेको, प्रतिवादीले आफ्नो निर्दोषिताको प्रमाण दिन सके नसकेको समग्र विषयवस्तुतर्फ हेरिनुपर्ने । (प्रकरण नं.५)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 10892 |
|---|---|
| मुद्दाको विषय | मानव बेचबिखन तथा ओसारपसार |
| निर्णय वर्ष / मिति | 2078/12/02 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री सपना प्रधान मल्ल | माननीय न्यायाधीश श्री कुमार रेग्मी | माननीय न्यायाधीश श्री डिल्लीराज आचार्य | माननीय न्यायाधीश श्री बाबुराम रेग्मी |
| मुद्दा नं. | ०७७-CR-१२०८ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७९, नि.नं. 10892 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
