नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10886 · वि.सं. २०७९

नि.नं. 10886 — जबरजस्ती करणी

सिद्धान्त / नजिर सार (Headnote Summary)

मुलुकी ऐन, जबरजस्ती करणीको महलको १ नं. को स्पष्टीकरण (ग) अनुसार योनिमा लिङ्ग आंशिकरूपमा मात्र पसेको भए पनि जबरजस्ती करणी प्रयोजनका लागि कार्य पूरा भएको मान्नुपर्ने कानूनी व्यवस्था रहेकोले र योनिको बाहिरी भाग labia majora र भित्री भाग labia minora सम्म पनि लिङ्गको प्रवेश भएको स्थितिमा योनिभित्र लिङ्गको आंशिक प्रवेश भएको मान्नुपर्ने । नाबालिगको शरीरमा सङ्घर्षको चिह्न नभेटिएको भन्‍ने आधारमा जबरजस्ती करणीको कसुर हुँदैन भनी व्याख्या विश्लेषण गर्ने हो भने यस्ता कलिला उमेरका बालिकामाथि हुने यौनजन्य कसुरबाट प्रतिवादीले उन्मुक्ति पाउने अवस्था आई समाजमा यस्ता घटनाले प्रश्रय पाउने । (प्रकरण नं.७) कलिलो उमेरका नाबालिगलाई गरेको करणीमा सङ्घर्षको चिह्न हुनु आवश्यक नहुने, यस्तोमा करणी गरेको देखिनु नै पर्याप्त हुने । (प्रकरण नं.८)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.10886
मुद्दाको विषयजबरजस्ती करणी
निर्णय वर्ष / मिति2077/11/11
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री हरिकृष्ण कार्की | माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल | माननीय न्यायाधीश श्री सुष्मालता माथेमा | माननीय न्यायाधीश श्री चिन्तामणि बराल
मुद्दा नं.०७४-CR-०८९९
उद्धरण सन्दर्भने.का.प. २०७९, नि.नं. 10886
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्